नेपाल अर्थात् विदेशी रक्सी मज्जाने धोक्ने, नेपाली रक्सी नष्ट गर्ने देश



काठमाडौं । जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो तीन दिनमा बरामद गरेको १० हजार अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले सोमबार चार हजार र मङ्गलबार छ हजार ५०० गरी हालसम्म १० हजार ५०० अवैध घरेलु मदिरा तथा मदिराको कच्चा पदार्थ नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र यस अन्तर्गतका प्रहरी चौकी तथा युनिटहरुले बरामद गरेको उक्त मदिरा पत्रकार तथा सरकोकारवाला निकायको रोहवरमा नष्ट गरिएको हो । जिलला प्रहरी कार्यालय बागलुङले बढाएको सक्रियतासँगै पछिल्लो तीन दिनमा मात्रै उक्त मदिरा र कच्चा पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

रेग्मीका अनुसार केही मदिरा बिक्रीका लागि तयारी र केही मदिरा उत्पादनमा प्रयोग हुने कच्चा सामग्री जाँड, मर्चा लगायत केही अखाद्य सामग्री बरामद पश्चात नष्ट गरिएको हो ।

प्रहरी चौकी निसीखोला, प्रहरी चौकी ग्वालीचौर, जिल्ला प्रहरी कार्यालय, नगर प्रहरी, प्रहरी चौकी कुँडुले र पञ्चकोट, प्रहरी चौकी मालढुङ्गा, इलाका प्रहरी ताराखोला, प्रहरी चौकी हटिया, प्रहरी चौकी नरेठाँटी, इलाका प्रहरी भिमगिठे, इलाका प्रहरी झिवाखोला, प्रहरी चौकी बोङ्गादोभान र प्रहरी चौकी ग्वालीचौरले हालसम्म १० हजार ५०० लिटर अवैध घरेलु मदिरा बरामद गरेको थियो ।

यो अभियान निरन्तर सञ्चालन हुनेछ । यस्तै प्रहरीले मङ्गलबारदेखि अवैध रहेको गाँजाका बोट फडानीसमेत शुरु गरेको छ । प्रहरीले जिल्लाको तमानखोला गाउँपालिका–२ र बागलुङ नगरपालिका–१२ अमलाचौरमा ३०० गाँजाको बोट फडानी गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्