सैघाली खबर
तुलसीपुर ११ पुस । तुलसीपुरका एक ब्यक्ति हराएको २० दिन पछि मृत भेटिएका छन् । मंसिर २१ गते भएको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा भोट हाल्न गएका तुलसीपुर उपमहानगरपालिका १६ भेलाहीका ५० बर्षीय चेतनाथ भण्डारी मंगलवार मृत भेटिएका हुन् ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार भण्डारी स्थानीय एक कुलामा मृत भेटिएका हुन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाका अनुसार भण्डारीले मंसिर २१ गते लहरौरास्थित निमावी लक्षिणपुरवाट मतदान गरेका थिए । मतदान गरे पस्चात उनी घर फर्कदै गर्दा भण्डारीको हत्या भएको हुन सक्ने भन्दै अनुसन्धान गर्न माग गरेका छन् ।
भण्डारी बेपता भएको लामो समय वितिसक्दा समेत पत्ता नलागेपछि मंगलवार विहान प्रहरी र स्थानीयले खोज्ने क्रममा भण्डारी भेलाही स्थित एउटा कुलोको झाडी नजिकै मृत अवस्थामा फेला परेका थिए । स्थानीयले भने यसअघि नै उक्त कुलो र स्थानमा आफुहरुले खोजी गर्दा केही फेला नपर्नु र आज फेरि त्यही स्थानमा शव फेला पर्नु आश्चर्य जनक घटना भएको बताएका छन् ।।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।