माओ जयन्तिमा के भने प्रचण्डले रु ‘वक्तव्यको पूर्ण पाठसहित’



सैघाली खबर
काठमाण्डौ, ११ पुस । नेकपा ‘माओवादी केन्द्र’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै विशिष्टता र मौलिकतासहित नेपाली क्रान्ति नयाँ चरणमा प्रवेश गरेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय सर्वहारावर्गका नेता एवम् विचारक माओत्सेतुङको १२४औँ जन्मजयन्तीका अवसरमा आज एक सन्देश प्रकाशित गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणासँगै नेपाली समाजको युगान्तकारी परिवर्तन भएको उल्लेख गर्नुभएको छ ।

अध्यक्ष दाहालको सन्देशमा भनिएको छ, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीतासहितका उपलब्धिको जगमा संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख राष्ट्र निर्माणका लागि सामाजिक, आर्थिक रुपान्तरणलाई साकार पार्ने कार्यमा लाग्नु र प्राप्त उपलब्धिको जगमा क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नु क्रान्तिकारीहरुको साझा दायित्व हो ।’

उहाँले राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्दै क्रान्तिकारी धु्रवीकरण र एकता प्रक्रियाबाट नेपालमा शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्नु आजको आवश्यकता भएको बताउनुभयो ।

चीनको हुनान प्रान्तको साओसानमा आजकै दिन अर्थात् १८९३ डिसेम्बर २६ मा माओत्सेतुङको जन्म भएको थियो । माओ चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा नयाँ जनवादी चीनका संस्थापक हुनुहुन्थ्यो । उहाँ संसारभरिका राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका अजश्र स्रोत रहनुभएको सन्देशमा उल्लेख छ ।

उहाँले क्रान्तिकारीलाई वित्तीय पुँजीको भूमण्डलीकरण र साम्राज्यवादको नवउदारवादी आर्थिक नीतिको प्रभाव, सूचना प्रविधिमा भएको अभूतपूर्व क्रान्ति, मौसम परिवर्तन, पर्यावरण विनाशको प्रभाव, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको गम्भीर समीक्षा, माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासका निमित्त गहन अध्ययन, अनुसन्धान र बहसमा जुट्न आग्रह गर्नुभएको छ ।

वक्तव्य
आज ११ पुस, २०७४ ९२६ डिसेम्बर २०१७० अन्तर्राष्ट्रिय सर्वहारावर्गका महान् नेता एवम् विचारक क। माओत्सेतुङको १२४औं जन्म दिन हो । उहाँको जन्म दिनलाई उत्सवका रूपमा मनाइरहेका संसारभरका श्रमजीवी जनसमुदायमा ने।क।पा।९माओवादी केन्द्र० न्यानो अभिवादन गर्दछ । साथै कमरेड माओत्सेतुङप्रति लाल सलाम व्यक्त गर्दछ ।

चीनको हुनान प्रान्तको साओसानमा आजकै दिन अर्थात् १८९३ डिसेम्बर २६ मा माओत्सेतुङको जन्म भएको थियो । माओ चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा नयाँ जनवादी चीनका संस्थापक हुनुहुन्थ्यो । उहाँ संसारभरिका राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका अजश्र स्रोत हुनुहुन्छ ।

माओ दिवसका अवसरमा संसारका क्रान्तिकारीहरुलाई वितीय पुँजीको भूमण्डलीकरण र साम्राज्यवादको नवउदारवादी आर्थिक नीतिको प्रभाव, सूचना प्रविधिमा भएको अभूतपूर्व क्रान्ति, मौसम परिवर्तन, पर्यावरण विनाशको प्रभाव, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको गम्भीर समीक्षा, माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासका निमित्त गहन अध्ययन, अनुसन्धान र बहसमा जुट्न आह्वान गर्नु हामी आफ्नो कर्तव्य ठान्दछौं ।

आफ्नै विशिष्टता र मौलिकतासहित नेपाली क्रान्ति नयाँ चरणमा प्रवेश गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणासँगै नेपाली समाजको युगान्तकारी परिवर्तन भएको छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीतासहितका उपलब्धिहरुको जगमा संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख राष्ट्र निर्माणको लागि सामाजिक, आर्थिक रुपान्तरणलाई साकार पार्ने कार्यमा लाग्नु र प्राप्त उपलब्धिको जगमा क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नु सम्पूर्ण क्रान्तिकारीहरुको साझा दायित्व हो ।यसको निम्ति क्रान्तिकारी धु्रवीकरण र एकता प्रक्रियाबाट नेपालमा शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्नु आजको आवश्यकता हो ।

अन्त्यमा, क्रान्ति र प्रतिक्रान्तिको ज्वारभाटाको बीचमा क्रान्ति प्रक्रिया अगाडि बढ्ने कुरालाई आत्मसात् गर्दै माओले देखाएको बाटोमा अविचलितरुपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दछौं । पुनः एकपटक कमरेड माओप्रति लालसलाम । धन्यवाद ।
११ पौष, २०७४

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
ने.क.पा.‘माओवादी केन्द्र’

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्