सिसहनियाँ १४ असोज । दाङ देउखुरीको राप्ती गाउँपालिकामा बिद्यालय सञ्चालनमा आएपछि विद्यालय अनुगमन पनि सुरु भएको छ । राप्ती गाउँपालिका शिक्षा शाखाले विद्यालयहरुमा स्वास्थ्य मापदण्डका वारे अनुगमन गर्न सुरु गरेको छ । कोभिड १९ को जोखिमका बाबजुद पनि सरकारले लगडाउन खुकुलो पारे संगै राप्ती गाउँपालिकामा विद्यालयहरु असोज ११ गतेबाट विद्यालयहरु सञ्चालनमा आएका छन् । विद्यालयको पछिल्लो अवस्था, सामाजिक दुरी कायम भए नभएको, साबुन पानीको ब्यबस्थापन र मास्कको प्रयोग लाई बढावा दिन गाउँपालिकाले अनुगमनमा तिब्रता ल्याएको हो ।
विद्यार्थी सिकाइ सहजीकरणको रुपमा अध्यापन सुरु गर्ने अभियान अन्तरगत राप्तीका संस्थागत तथा सामुदायिक विद्यालयहरुले विद्यार्थी चाप नपर्ने गरि दुई वा तिन चरणमा अध्यापन गरिरहेका छन् । अनुगमनमा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी ले गाउँपालिकाको विद्यार्थी सिकाइ सहजीकरणको उदेश्य र स्वास्थ्य मापदण्डको वारेमा स्वास्थ्य शाखा संयोजक नारायण राउतले विद्यार्थी तथा शिक्षकलाई जानकारी गराएका छन् । गाउँपालिकाको गत कार्यपालिका बैठकले दिएको सुझाव तथा निर्देशन अनुसार विद्यार्थी सिकाइ सहजीकरण २०७७ अनुसार विद्यालयको अनुगमन तथा समस्या समाधानका उपाय सहित सल्लाह सुझाव समेत प्रदान गर्दै आईरहेको शिक्षा शाखा अधिकृत बासुदेव खनालले जानकारी दिएका छन् । अनुगमनका क्रमम संस्थागत तथा सामुदायिक विद्यालयहरुको प्रत्येक कक्षाको अनुगमन गरिएको र केहि विद्यालयमा मास्क नभएका विद्यार्थीलाई मास्क समेत वितरण गरिएको छ ।
सो अनुगमनको क्रममा विद्यार्थी तथा विद्यालय प्रमुख संग छलफल समेत गरिएको शाखा अधिकृत बासुदेव खनालले जानकारीे दिएका छन् । साथै अनुगमनका क्रममा विद्यालयमा विद्यार्थीहरुको प्रवेश चरण, सिकाई सहजीकरणको चरण, पिउने पानी, शौचालय तथा धारा प्रयोग गर्दाको अवस्था, सिकाइ सहजीकरणको लागि भएको समन्वय र सहकार्य, सिकाई केन्द्रमा सिकाई सहजीकरणको लागि कार्यान्वयनमा ल्याइएको कार्ययोजना, विद्यालयमा अभिलेखीकरण भएका विद्यार्थी विवरण, सरोकारवाला निकायलाई सिकाइकेन्द्रको सुुझाव सल्लाह, सिकाइ केन्द्रलाई अनुुगमनकर्ताको सुुझाव लगायतका विषय समेटिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।