नेपाल सरकारको मुख्य सचिवमा शंकरदास बैरागी नियुक्त



काठमाडौँ /१५ असोज।
नेपाल सरकारको मुख्य सचिवमा शंकरदास बैरागी नियुक्त भएका छन् ।

बिहीवार बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

लोकदर्शन रेग्मीले राजीनामा दिएपछि अबको कर्मचारीतन्त्रको नेतृत्व बैरागीले गर्नेछन् ।

रेग्मी बेलायतका लागि नयाँ राजदूत भएर जाँदैछन् ।

आजै बसेको मन्त्रिपरिषद बैठकले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूत सिफारिस गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्