पार्टी एकीकरण र सरकार गठनका विषयमा एमाले माओवादी छलफल हुने



सैघाली खबर
काठमाडौं,१२ पुुुस


पार्टी एकता र अब बन्ने सरकारका विषउयमा वाम गठबन्धका नेताहरुबीच आज वार्ता हुने भएको छ । बिहान काठमाण्डुमा हुने छलफलमा पार्टी एकता सरकार अघि वा पछि भन्नेमा साझा धारणा बनाइनेछ ।

बैठकमा यसअघि दोस्रो तहका नेताहरुले गरेको आन्तरिक तयारीलाई आधार मानेर भावी सरकारको नेतृत्व र पार्टीको जिम्मेवारीका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । माओवादी नेता नारायणकाजी श्रेष्ठले आजको छलफलबाट प्रक्रियाको सुरुवात हुने जानकारी दिनुभयो ।

बैठक बस्ने ठाउँका विषयमा भने श्रेष्ठले टुङ्लो लाग्न बाँकी रहेको बताउनुभयो । बिहान नौ बजे सुरुमा दुवै अध्यक्षबीच छलफल हुनेछ । त्यसपछि एमाले र माओवादीका दोस्रो तहका नेताबीच छलफल हुनेछ ।

नचुनाव लगत्तै पार्टी एकीकरण प्रक्रिया सुरु गर्ने भने पनि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच दुईपटक मात्रै औपचारिक वार्ता भएका छन् । दुई वाम दलको चुनावी गठबन्धनले सुविधाजनक बहुमत ल्याएपछि नेताहरुको जिम्मेवारी बाँडफाँड र सैद्धान्तिक आधारका विषयमा फरक फरक धारणा सार्वजनिक भए पनि एकतालाई निष्कर्षमा पु¥याउन दुवै दलका नेताहरु बस्न लागेका हुन् ।

गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको अन्तिम निर्वाचन परिणाम घोषणा हुनै लाग्दा दुई दलबीच नयाँ सरकार गठन र पार्टी एकताको प्रक्रिया शुरु भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्