विश्वकै यस्तो अनौठो जाति, जहाँ दिदीबहिनीसँग दाजुभाईको विवाह हुने गर्छ



एजेन्सी। विश्वमा धेरै जातजाती छन् । हरेक जाति अनुसार फरक फरक परम्परा पनि छन् । यस्तै विश्वमा यस्तो परम्परा पनि छ, जुन सुन्दा आश्चर्य लाग्छ । हामिले दाजुभाई र दिदीबहिनीको सम्बन्धलाई पवित्र सम्बन्धको रुपमा लिन्छौ ।

तर भारतमा एक यस्तो अनौठो परम्परा छ, जहाँ दाजुभाईको दिदीबहिनीसँग विवाह हुने गर्छ । भाई र बहिनी एक आपसमा विवाह गर्ने यो परम्परा तपाइले पक्कै सुन्नु भएको छैन होला ?

धुरुवा जनजातिमा आफ्नै नातामा सम्बन्धमा विवाह गर्न कुनै आपत्ति मानिदैन । विवाह गर्न घरपरिवारले नै अनुमति दिने गर्छन् ।

यस जातिमा विवाह गर्दा दुलाहा दुलहीले आगो नभई पानीलाई साक्षी राखेर फेरो हाल्ने गर्दछन् । धुरुवा जनजातिमा रुख र पानीको पूजाको धेरै महत्व राखिने गरिन्छ । यहाँका मानिसहरु धेरै लामो वर्षदेखि यस परम्परालाई मान्दै आइरहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्