ज्येष्ठ नागरिक दिवसको अवसरमा युवा नेतृत्व विकास मञ्चद्धारा आश्रममा खाद्यन्न सहयोग



लमही १५ असोज । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा विपी कोइराला युवा नेतृत्व विकास मञ्च क्षेत्रीय समिति दाङले लमही नगरपालिका वडा नम्बर ७ सुनडवरीमा रहेको सिर्जनशील वृद्धवृद्धा सेवा आश्रममा खाद्यान्न प्रदान गरेको छ ।

मञ्चले २५ केजी चामल, ५ केजी स्वावीन, २ पोका खाने तेल, १ पोका नुन प्रदान गरेको छ । उक्त खाद्यान्न सामाग्री संस्थाका अध्यक्ष सोमनाथ उपाध्यायलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा लमही नगर संयोजक राजेन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्