मुख्य समाचार

राष्ट्रिय सभाको निर्वाचन अघि सरकार गठन बारे विवाद

By थाहा अनलाइन

December 27, 2017

सैघाली खबर काठमाडौं,१२ पुुुस

राष्ट्रिय सभाको निर्वाचन अघि सरकार गठनका बिषयमा सत्तारुड दल नेपाली कांग्रेस र नेकपा एमालेबिच विवाद भइरहदा संविधानविद् बिच पनि मत बाझीएको छ । केही संविधान विद्ले राष्ट्रिय सभाको निर्वाचन अघि सरकार गठन हुनै नसक्ने बताएका छन् भने केहीले राष्ट्रिय सभाको निर्वाचन अघि पनि सरकार गठन हुन सक्ने बताएका छन् ।

संविधान विद् डाक्टर विपिन अधिकारीले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएसंग निर्वाचन आयोगले समानुपातिक तर्फको मतपरिणाम सार्वजनिक गर्न नमिल्ने बताउनुभएको छ । संविधानको धारा ८४ को उपधारा ८ अनुसार समानुपातिक तर्फ महिलाको कोटा राष्ट्रिय सभाको निर्वाचनले मात्र पुर्ती गर्ने भएकाले यस अघि सरकार गठन हुन नसक्ने उहाँको भनाई छ ।

संविधान विद् डाक्टर भिमार्जुन आचार्यले भने महिलाको समानुपातिक तर्फको कोटा निर्धारण भइसकेकाले यस्तो कुनै पनि संविधानको धारा उपधाराले राष्ट्रिय सभाको निर्वाचन अघि सरकार निर्माणमा बाधा नगर्ने बताउनुभएको छ । उहाँले राजनीतिक असहमतिले मात्र अहिले सरकार गठनमा बाधा पु¥याएको दावि गर्नुभयो ।पुर्व सांसद् तथा कानुनका जानकारहरुले भने बिधि र प्रकृयाको आधारमा वर्तमान राजनितिक गतिरोध अन्त्य गर्न दलका नेताहरुलाई सुझाव दिएका छन् ।