क्यूभीसी नोभेम्बरदेखि खुल्ने



काठमाडौं : वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारहरूको स्वास्थ्य परीक्षणलगायत भिसा प्रक्रियाको काम गर्दै आएको नेपालस्थित कतार भिसा सेन्टरले एक महिनापछिबाट मात्रै सेवा दिने बताएको छ । गत फागुन २७ गते दुई हप्ताका लागि भन्दै बन्द भएको उक्त सेन्टर करिब ७ महिनादेखि बन्द रहको छ ।
भिसा सेन्टरका सञ्चालक हेम गुरुडले बिहीबारबाट सेन्टरमा कार्यरत कर्मचारीलाई कोरोना भाइरस संक्रमणको अवस्थामा स्वास्थ्य प्रोटोकल प्रयोग सम्बन्धी तालिम दिने योजना बनाइएको थाहा अनलाइन डट कम लाई जानकारी दिँदै पूर्णरुपमा सेवा सञ्चालन गर्न नोभेम्बर पहिलो तारिखसम्मको प्रतिक्षा रहेको बताए ।
कतारले भारत र श्रीलंकालगायतका देशमा स्थापना गरेको भिसा सेन्टरबाट सेवा शुरु नगरेको गुरुङले बताए । गत वर्ष जेठ १५ गतेदेखि राजधानीको चक्रपथमा स्थापना गरिएको सेन्टरले रोजगारीका लागि कतार जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण गरी औंठा छाप लिई भिसा सेवा प्रदान गर्दै आएको छ ।
सोही सेन्टरमा कामदारले कतारस्थित रोजगारदातासँग सक्कली करारपत्रमा हस्ताक्षर गर्ने गरिरहेका छन् । जसका कारण नेपाली कामदार कतार पुग्नासाथ आफ्नो परिचयपत्र पाउने गरेका छन्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्