काठमाडौं /१६ असोज ।
पूर्वराष्ट्रपति डा.रामवरण यादवले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै अनसन बसिरहेका वरिष्ठ चिकित्सक डा.गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउने भएका छन् ।
डा. केसीलाई भेट्न यादव त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
१९ औं अनसनमा रहेका डा. केसी अहिले त्रिवि शिक्षण अस्पतालमा छन् । उनले यसपटक २९ भदौबाट जुम्लाबाट अनसन सुरु गरेका थिए ।
बिहीबार मात्र सरकारले उनको अनसन अहिलेको समयमा ठिक नभएको भन्दै अनसन रोक्न औपचारिक अनुरोध गरेको थियो ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।