सुरेश कुमार पाण्डे
१६ असोज, कपिलबस्तु । नेपालको प्रदेश नं. ५ को राजधानी कपिलबस्तु हुनु पर्ने माग सहित कपिलबस्तुमा प्रदर्शन भएको छ ।
जिल्लाको विभिन्न ठाँउ चोक, चौरहाहरुमा प्रर्दशनकारी हरुले सरकार विरुद्ध विभिन्न नाराबाजी सहित टायर वालेर प्रर्दशनमा उत्रिएका छन ।
प्रदेश ५ को स्थायी राजधानीका लागि दाङको भालुवाङमा रहने गरी प्रदेश सभामा प्रस्ताव गरे संगै उक्त विरोध प्रर्दशन गरिएको प्रर्दशनकारीले बताउँछन् । उनीहरुले प्रदेश ५ को राजधानी कपिलबस्तु बनाउनु पर्छ र यदि सरकारले प्रदेश न. ५ को राजधानी कपिलबस्तु जिल्लालाई नबनाए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।