काठमाडौंमा सरकार विरुद्ध क्रान्तिकारीको प्रदर्शन



काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी निकट विद्यार्थी अखिल क्रान्तिकारीले राष्ट्रिय स्वाधिनता र जनजीविकाका मुद्धामा सरकार कमजोर देखिएको भन्दै आज काठमाडौंमा प्रदर्शन गरेको छ ।

आज काठमाडौंको माइतिघरमा अखिल क्रान्तिकारीले सरकार विरुद्ध प्रदर्शन गरेको हो ।

नेपाली भूमि छिमेकी राष्ट्रले मिच्दा पनि सरकारले केही गर्न नसकेको संगठनको आरोप छ । त्यस्तै कोरोना महामारीकाबीच सरकारले प्रभावकारी काम गर्न नसकेको, यसबीचमा शैक्षिक क्षेत्र धरासयी भएको संगठनले जनाएको छ ।

मुलुकमा हत्या, हिंसा, बलात्कारका घटना बढेको भन्दै यसलाई रोक्नका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेकाले बिरोध गर्नुपरेको संगनका अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिए ।

संगठनले राष्ट्रिय स्वाधिनतामाथिको हस्तक्षेप, शिक्षा र स्वास्थ्य सम्बन्धी समस्या तथा बलात्कार र हत्या बिरुद्ध सरकारलाई झक्झाकाउन निरन्तर खबरदारी गरिरहने जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्