गिरिराज नेपाली
दाङ, १२ पुस । सडक सुरक्षाको हिसावले अति संवेदनशिल क्षेत्र मानिने दाङमा सवारी दुर्घटना दैनिक जसो भईनै रहेका हुन्छन । सवारी दुर्घटनामा परी गम्भीर घाईते र उपचारका क्रममा घाईतेको मृत्यु जस्ता खबर पनि सञ्चार माध्यममा प्रसारण र प्रकाशन भई नै रहेका हुन्छन । तर ति मृत शब बोक्नका लागि सरकारी तथा निजि अस्पतालहरु शव वहान छैनन । जसका कारण निजि सवारी साधन, सार्वजानिक यातायात र एम्वेलेन्समै शव उठाउनुपर्ने वाध्यता छ ।
स्वास्थ्यचौकीवाट स्तारोन्नती भएको देउखुरीको लमही अस्पतालमा शव वहान सहितको सेवा सञ्चालनमा रहे पनि जिल्लाका दुई ठुला अस्पताल राप्ती उपक्षेत्रिय र अञ्चल अस्पताल तुलसीपुरमा अहिले सम्म शव वहान सेवा छैन । भने निजि अस्पतालहरुमा एम्वुलेन्सको सेवामा मात्रै सिमित छन । शव वहाना सेवा सञ्चालन हुन नसक्दा अन्य सार्वजानिक सवारी तथा एम्वुलेन्समा शव बोक्नुपर्ने वाध्यता चल्दै आईरहेको छ । जसका कारण शव वहानको सेवा अति मंहगो बन्दै गइरहेको छ ।
घोराही उपमहानगरपालिका– १५ का विष्णु पौडेलले जिल्लामा एउटा मात्रै शव वहान सवारी सञ्चालन हुन नसक्दा सार्वजानिक यातायात र एम्वुलेन्समा शब बोक्नुपर्ने वाध्यता रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘ शव वहान गाडी छैन, एम्वुलेन्स र अन्य गाडीले जति भाडाँ भन्छन उतिमै शव बोक्नुपर्ने वाध्यता छ । ’ एम्वुलेन्स सेवा सञ्चालनका लागि व्यक्ति संघसंस्था निजि तथा सरकारी अस्पताल सवैले चाँसो देखाए पनि शव वहान सञ्ंचालनका लागि कसैले चाँसो नदेखाउदा जिल्ला शव वहानको अभाव निकै खट्किएको उहाँले बताउनुभयो । लमही अस्पतालमा शव वहान सेवा संञ्चालनमा रहे पनि त्यो सेवा पुर्वी दाङमै सिमित रहेकाले पश्चिम दाङका लागि त्यो सेवा निकै अभाव भएको उहाँले बताउनुभयो । भन्नलाई दाङमा पनि शव वहानको सेवा छ भन्ने छ , तर त्यो पुर्वी दाङमा मात्रै सिमति छ ।
पश्चिममा शव वहान भने पनि एम्वुलेन्स भने पनि एउट बनेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा ६३ वटा एम्वुलेन्स सवारी र १ वटा मात्रै शव वहान सेवा स्वीकृत लिएको जनाएको छ । जिल्लामा एउटा मात्रै शव वहानले सेवा पु¥याईरहेकाले शव वहानको अभाव निकै रहेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुृख घनश्याम पोख्रेलले शव वहान सञ्चालनका लागि सरकारी तथा निजि अस्पताल, कृषि सहकारी तथा विभिन्न संघसंस्थाहरुले चाँसो नदेखाउदा संचालन गर्न नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘एम्वुलेन्स र शव वहान संचालनको अनुमति एउटै नियम हो । ’ तर शव बोक्न मात्रै छुट्टै गाडीमा संचालनमा कुनै पक्ष सहमति जनाउदैनन । सरकारी पक्षलाई पनि त्यसको वास्ता छैन । उहाँले थप्नुभयो– ‘ नियममा एम्वुलेन्स र सार्वजानिक यातायातहरुले शव बोक्न प्रतिवन्ध लगाएको छ । वाध्यतावंश त्यसमा हामीले पनि छुट दिनुपरेको छ । ’
उहाँले सरकारी अस्पतालमा शव वहान सञ्चालन अति आवश्यक छ । जसका कारण रातो नम्वर प्लेडका निजि गाडी र एम्वुलेन्सलेहरु शव बोक्ने गरेका छन । शव बोक्नका लागि शब वहान नहुदा एम्वुलेन्स र रातो नम्वर प्लेडका सवारीहरु जथाभावी रुपमा भाडाँ लिने समस्या देखिएको छ । एम्वलेन्स सवारीहरुले शब बोक्न नपाउने कानुनी व्यवस्था छ । तर शव वहान बोक्ने सवारी नहुदा सर्वसाधरणहरुले एम्वुलेन्स र निजिगाडीमै शब बोकाउनुपर्ने वाध्यता रहेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख घनश्याम पोख्रेलले बताउनुभयो । उहाँले भन्नुभयो– ‘सवैले एम्वुलेन्स सञ्चालनको अनुमती लैजान्छन । तर शब वहानका लागि कसैले चाँसो देखाउदैनन । अस्पतालहरुले त्यसतर्फ ध्यान नदिदा यस्तो समस्या देखिएको उहाँले बताउनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।