भालुवाङ १८ असोज । प्रदेश ५ को स्थायी राजधानीको रुपमा प्रस्तावित राप्ती गाउँपालिका भित्र मन्त्रालयहरु स्थापना गर्न पुग्नेगरी सरकारी जग्गाको खोजी भैसकेको राप्तीका स्थानीय तथा राजनीतिकर्मीहरुले बताएका छन् । राजधानी स्थापनाको लागी सरकारी जग्गा र पूर्वाधारको अभाव नहुने उनीहरुको भनाई छ । जनता समाजवादी पार्टी संघिय परिषद् सदस्य तथा दाङ जिल्ला अध्यक्ष होमप्रकाश शर्माका अनुसार राप्ती गाउँपालिका अन्र्तगतको भालुवाङ प्युठान रोड अन्तरगत उत्तर तर्फको जमिन पाखापानी स्थित नवप्रतिभा आधारभुत विद्यालयको पुर्व तर्फको जग्गा, वडा नम्बर ४ अन्तरगत हुँदै वडा नम्बर ३ र २ को उत्तर तर्फको खाली चौर झन्डै १०० विगाह भन्दा माथि रहेको साथै वडा नम्बर ७ को राप्ती पुल देखि पुर्व तर्फको झण्डै १०० विगाह जमिन रहेको बताए ।
त्यसै गरि उनले गढवा गाउँपालिका वडा नम्बर १ अन्र्तगतको कालाकाटे पश्चिम टहडा क्षेत्रको झण्डै २५ विगाह जमिन र पश्चिम मलमलाको २५ विगाह भन्दा बढी जमिन र उक्त वडाकै बडहरा, पचहिया अन्तरगतको खाली चौर र तटबन्धबाट बचेको जमिन झण्डै २५० विगाह साथै २ र ३ नम्बर वडा अन्तरगतका राप्ती किनार र जंगल नजिकका खाली चौर पनि रहेको बताए । उनले सितगंगा नगरपालिका वडा नम्बर ८ अन्र्तगत सातमारा र लापेको बिचमा पर्ने ठुलो भुभागका साथै लापे पुर्व तर्फको राप्ती किनारको बुट्यान जग्गा तथा वडा नम्बर ९ अन्तरगतको नयाँबस्ती पुर्व तर्फको ठुलो मात्रमा जग्गा खाली रहेको हुँदा प्रदेश राजधानीका लागि जग्गाको समस्या नरहको अवस्था रहेको बताएका छन् ।
साथै सरुमारानी गाउँपालिका पश्चिम तर्फको उल्लेखित भुगोल बनाउनै चाहेमा नेपालको सिंगापुर बनाउन सकिने प्रवल संभावना देखिन्छ । शहर बनिसकेका ठाउँहरु स्तह विकसित भइसकेका हुन्छन् नयाँ संरचना अनुसार पछाडि परेका ठाउँहरुको विकास गर्नु राज्यको दायित्व रहेको बताए । विश्वका हरेक शहरहरु पानी भएको ठाउँहरु त्था समुन्द्र किनारहरुमा विकसित भएको देखिन्छ उनले भने । मानव सभ्यता पनि समुन्द्र किनार, नदी किनारहरुबाट विकसित भएको हुँदा यो क्षेत्र सवै दृष्टिकोणले समेत अत्यन्तै उपयुक्त र पायक पर्ने स्थानमा रहेको बताए ।
यस्तै राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले राप्ती गाउँपालिकामा मात्रै एक हजार बिगाह जग्गा रहेको बताए । त्यो जग्गाको सम्भाव्यता अध्ययन पनि भएको छ’ उनले भने, ‘तत्काल प्रदेशसभा, मन्त्रालय र क्वाटरहरु राख्न सकिने संरचना पनि छ । त्यसको लागि प्राविधिक शिक्षालयको व्यवस्थापनको लागी पूर्वाधार बनाउनुपर्ने हुन्छ ।
तत्काल प्रदेशसभा बैठक बसाल्न सक्ने, मन्त्रालय स्थापना गरेर प्रशासकिन कामहरु अघि बढाउन पूर्वाधार अभाव नहुने उनले दाबी गरे । राप्ती प्राविधिक शिक्षालय १६ बिगाह क्षेत्रफलमा भैलिएको छ । ठूलो हलसहित मन्त्रालय स्थापना गर्न सकिने पक्कि संरचना यहाँ रहेको छ । २०५० सालमा २२ वटा पक्की भवनसहित तीन सय मान्छे अटाउन सक्ने पूर्वाधार यहाँ छ । प्रदेशको राजधानी राख्न विकल्प दिएर राप्ती प्राविधिक शिक्षालयको संरचना प्रयोग गर्न सकिने शिक्षालयका प्रमुख मोतीलाल चौधरीले बताए । राज्यको सम्पत्ति हो । राज्यले चाह्यो भने प्रयोग गर्न सक्ने भयो । यहाँ ८ सय विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीको भविस्य नविग्रनेगरी विकल्प दिएर संरचना प्रयोग गर्न सकिन्छ’ चौधरीले भने, मन्त्रालय र प्रदेशसभा राख्न सक्ने संरचना हामी कहाँ छ । शिक्षालयमा अहिले कोरोना उपचारको लागी आइसोलेशन केन्द्र राखिएको छ ।
प्रदेश राजधानीको बहस सुरु भएपछि धेरैको चासो शिक्षालयमा केन्द्रित भएको छ । तर, प्रदेशको राजधानी नयाँ संरचना बनाएर अघी बढाउने परिकल्पना गरिएको छ । यस्तै राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष जगतप्रसाद पोख्रेलले प्रदेश नम्बर ५ का सबै स्थानलाई हरेक दृष्टिकोणले पायक पर्ने स्थान दाङको भालुवाङलाई केन्द्र मानेर राप्ती गाउँपालिका ,गढवा गाउँपालिकाको १, २ र ३ तथा अर्घाखाँचीको सितगगा नगरपालिकाको वडा नम्बर ८ र ९ लाई समेटेर प्रदेश नम्बर ५ को स्थायी राजधानी र प्रदेशको नाम लुम्बिनी प्रदेश राखेकोमा खुसी व्यक्त गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।