प्रदेश ५ को राजधानी सवैका लागि पायक पर्ने ठाउँ भालुवाङ नै उत्तम छ



 

 

                                             होमप्रकाश शर्मा
                        संघिय परिषद् सदस्य तथा दाङ जिल्ला अध्यक्ष
                                    जनता समाजवादी पार्टी

जनता समाजवादी पार्टीको एकिकरण भन्दा पुर्व तत्कालिन नयाँ शक्ति पार्टी हुँदाको अवस्थामा पार्टीले ५ नम्बर प्रदेशको राजधानी दाङ हुनुपर्छ भनेर प्रदेश समितिले निर्णय गरिसकेको र दाङमा प्रदेश कार्यालय राखिसकेको साथै सो अवस्थामा जिल्ला पार्टीले दाङलाई राजधानी बनाउनु पर्छ भनेर निर्णण गरिसकेको र दाङको ठाउँको सन्दर्भमा कालाकाटे देखि लमही सम्मको बिचमा हुनुपर्छ भनेर निर्णय गरिसकेको अवस्थामा कुनै कारणले उपल्लो दाङ उपत्यकामा समेत राजधानी भएमा त्यसलाई स्वागत योग्य मानेको र हाल आएर पुर्व संघिय समाजवादी पार्टी एवम् राष्ट्रिय जनता पार्टी समेत सँग पार्टी एकता भई नव एकिकृत जसपाको समेत प्रदेश नम्बर ५ को राजधानीको विषयमा पुर्व निर्णय नै सदर गरिसकेकोले हालको अवस्थामा नेकपा सरकारले ५ नम्बर प्रदेशको राजधानी भालुवाङलाई केन्द्र बनाएर गढवा गाउँपालिकाको वडा नम्बर १,२ र ३ तथा सितगंगा नगरपालिकाको ८ र ९ नम्बर वडा तथा राप्तीको पुरै क्षेत्रलाई समेटेकाले स्वागत योग्य ठानेको छ ।

यस भन्दा पुर्व भएका नेकपा सरकारका निर्णयहरु पटक पटक बदलिरहेकोले अझै पनि असोज १९ को संसद बैठक सम्म पुर्णरुपमा भरपर्ने अवस्था नरहेकोले बाँकेको गुलरिया देखि पुर्वको नवलपरासी एवम् पहाडी जिल्लाहरु पुर्वी रुकुम, रोल्पा प्युठान र अघाँखाँची लगायतका जिल्लाहरुका बुद्धिजिवीहरु, राजनीतिककर्मीहरु, नागरिक समाज लगायतलाई सचेत रहन अनुरोध गरेको छ । हाम्रो पार्टीको हाम्रो धारणा पहिचान र सामाथ्र्यका आधारमा प्रदेशको पुर्नसंरचना निमार्ण हुनुपर्छ भन्ने रहेता पनि तत्काल सरकारको निर्णयलाई स्वागत गरेको छ । यदि निर्णय बदर हुने अवस्था सिर्जना भएमा संघियताको मर्म र भावना विपरीत हुने छ । र ५ नम्बर प्रदेशले बाँके, बर्दिया र पुर्वी रुकुम गुमाउने पर्वल संभावना रहेकोले सम्बन्धित जिल्लाका जनप्रतिनिधीहरु सचेत रहन अनुरोध गर्दछ । विशेषत राजधानीका पायक पर्ने सेन्टर अहिलेको भालुवाङ सवै विषयमा पुर्णता देखिन्छ ।

भुगोलको संदर्भमा राप्ती गाउँपालिका अन्र्तगतको भालुवाङ प्युठान रोड अन्तरगत उत्तर तर्फको जमिन पाखापानी स्थित नवप्रतिभा आधारभुत विद्यालयको पुर्व तर्फको जग्गा, वडा नम्बर ४ अन्तरगत हुँदै वडा नम्बर ३ र २ को उत्तर तर्फको खाली चौर झन्डै १०० विगाह भन्दा माथि रहेको साथै वडा नम्बर ७ को राप्ती पुल देखि पुर्व तर्फको झण्डै १०० विगाह जमिन त्यसै गरि गढवा गाउँपालिका वडा नम्बर १ अन्र्तगतको कालाकाटे पश्चिम टहडा क्षेत्रको झण्डै २५ विगाह जमिन र पश्चिम मलमलाको २५ विगाह भन्दा बढी जमिन र उक्त वडाकै बडहरा, पचहिया अन्तरगतको खाली चौर र तटबन्धबाट बचेको जमिन झण्डै २५० विगाह साथै २ र ३ नम्बर वडा अन्तरगतका राप्ती किनार र जंगल नजिकका खाली चौर साथै सितगंगा नगरपालिका वडा नम्बर ८ अन्र्तगत सातमारा र लापेको बिचमा पर्ने ठुलो भुभागका साथै लापे पुर्व तर्फको राप्ती किनारको बुट्यान जग्गा तथा वडा नम्बर ९ अन्तरगतको नयाँबस्ती पुर्व तर्फको ठुलो मात्रमा जग्गा खाली रहेको हुँदा प्रदेश राजधानीका लागि जग्गाको समस्या नरहको अवस्था देखिन्छ ।

साथै सरुमारानी गाउँपालिका पश्चिम तर्फको उल्लेखित भुगोल बनाउनै चाहेमा नेपालको सिंगापुर बनाउन सकिने प्रवल संभावना देखिन्छ । शहर बनिसकेका ठाउँहरु स्तह विकसित भइसकेका हुन्छन् नयाँ संरचना अनुसार पछाडि परेका ठाउँहरुको विकास गर्नु राज्यको दायित्व हो । उसै पनि विश्वका हरेक शहरहरु पानी भएको ठाउँहरु त्था समुन्द्र किनारहरुमा विकसित भएको देखिन्छ । मानव सभ्यता पनि समुन्द्र किनार, नदी किनारहरुबाट विकसित भएको हुँदा यो क्षेत्र सवै दृष्टिकोणले समेत अत्यन्तै उपयुक्त र पायक पर्ने स्थानमा रहेकाले सवै तह र तप्काका आम बुद्धिजिवीहरु राजनीतिककर्मीहरु, नागरिक समाज समेतलाई सो निर्णणबाट सरकारलाई पछि हट्न नदिन जोडदार माग गर्दछौ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्