सैघाली खबर,
सर्लाही, १२ पुस । – सर्लाहीको लालबन्दी नगरपालिका–२ सिस्वामा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । मोटरसाइकलमा चढेका अर्का एक घाइते भएका छन् ।
हरिपुरबाट लालबन्दीतर्फ आउन लागेको ना ४८ प १४०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई नहरको कल्भर्टमा ठोक्किँदा मोटरसाइकल चालक हरिपुर नगरपालिका–९ ढाप टोलका २० वर्षका अनिल साहको ज्यान गएको हो । उहाँको मोडेल अस्पताल लालबन्दीमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल पछाडि चढेका त्यही ठाउँका ३० वर्षका कलाम साह घाइते भएका छन् । उनको मोडेल अस्पतालमै उपचार भैरहेको छ ।घाइते साहका अनुसार तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको लालबन्दीका प्रहरी निरीक्षक सेख अदालतले जानकारी दिनुभयो ।
![TopLine](https://thahaonline.com/wp-content/themes/saighali_khabar/img/thahaonline-logo.png)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।