जनक नेपाली
दाङ, १२ पुस । मंसिर २१ गते भएको प्रतिनिधी र प्रदेश सभाका सदस्य निर्वाचनका लागि दाङमा ६ करोड ९६ लाख ८८ हजार ६ सय ८ रुपैयाँ खर्च भएको छ । निर्वाचनका लागि कर्मचारी परिचालन, मतदान केन्द्र , मतगणना स्थल , सुरक्षा व्यवस्थापन, निर्वाचनका लागि आबश्यक पर्ने सामग्री खरिद, दैनिक बैठक छलफलका लगाएतका विभिन्न शिर्षकमा उक्त रकम खर्च भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगबाट प्राप्त ८ करोड २१ लाख ९७ हजार १ सय मध्यबाट उक्त रकम खर्च भएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनु भएको छ । रावतलका अनुसार कुल प्राप्त रकम मध्य १ करोड ५० लाख ६८ हजार ३ सय २ रुपैयाँ फ्रिज भएको जनाईएको छ । ।
कार्यालयका अनुसार क्षेत्र नं. १ मा प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनका लागि २ करोड ६८ लाख ५६ हजार ४ सय रुपैयाँ रकम प्राप्त भएको थियो त्यस मध्य २ करोड ३९ लाख ६६ हजार २४ रुपैयाँ खर्च भएको कार्यलयको प्रतिवेदनमा उल्लेख गरिएको छ । क्षेत्र नं. १ बाट प्रतिनिधी र प्रदेशसभा सदस्यका लागि प्राप्त रकम मध्य २८ लाख ९० हजार ३ सय ७६ रुपैयाँ फ्रिज भएको मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिनुभयो ।
क्षेत्र नं. २ मा २ करोड ९६ लाख १ हजार ३सय रुपैयाँ प्राप्त भएकोमा निर्वाचनका लागि २ करोड ७० लाख ४६ हजार ३ सय २ रुपैयाँ खर्च भएको छ भने ६२ लाख ५६ हजार ६ सय ६८ रुपैयाँ क्षेत्र नं. २ बाट फ्रिज भएको कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै क्षेत्र नं. ३ मा २ करोड ८३ लाख ७९ हजार ४ सय रुपैयाँ प्राप्त भएकोमा निर्वाचनका लागि २ करोड १७ लाख ४१ हजार २ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । क्षेत्र नं. ३ बाट कुल रकम मध्य ३३ लाख ६१हजार ९ सय ८८ रुपैयाँ फ्रिज भएको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । रावलका अनुसार निर्वाचन खर्चका हिसावले अत्याधिक भएको वताउनुभयो ।
विकासका सबै पुर्वधार लाई रोकेर राज्यको ढुकुटी नै निर्वाचनका लागि खर्च गर्नु परेको वताउँदै त्यसले देशविकासमा ठुलो असर पु¥र्याएको वताउनुभयो । अब निर्वाचनका लागि ईलेक्ट्रोनिक्स मेशिनका मार्फत मतदान गर्नु पर्ने वताउँदै त्यसका लागि आयोगले सोच्ने समय आएको उल्लेख गर्नुभयो । निर्वाचनका लागि हुने खर्च कटौती गरे समंग्र ठुल ठुला उद्योगमा लगाउँन सके देशको संमृद्ध र विकास गर्न सकिने रावलले वताउँनुभयो ।
जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख विजय कुमार कार्कीले निर्वाचनका लागि प्रयोग गरिने जनशक्ति देखि सबै विषय परिमार्जित गर्दै जानुपर्ने बताउँनभुयो । अब भोटिङका लागि बिद्युतिय उपकर प्रयोग गर्नु पर्ने उल्लेख गर्नुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।