सरकारले राहत प्याकेज नल्याए म्यानपावर कम्पनि मालिक आत्माहत्या गर्न बाध्य हुन्छन : बिमल ढकाल (भिडियो)



सीता रेग्मी,काठमाडौं /१९ असोज ।
कोरोनाले थलिएको बैदेशिक रोजगारले देशकै समग्र अर्थतन्त्र खच्किएको छ । राज्यलाई प्राप्त हुने रेमिटयान्स देखि व्यक्तिको आयस्रोतमा नराम्ररी प्रभाव परेको छ।

म्यानपावर खोल्न राज्यले अनुमति दिएता पनि बाहिरि देशका कम्पनिहरुले कामदारको डिमान्ड गरेका छैनन् र गरेका कम्पनिले पनि सिमित कामदार मात्रै डिमान्ड गरेका छन्।

यस्तो अवस्थामा म्यानपावर ब्यबसायी निल्नु न ओकल्नु भएका छन्। त्यसमाथि राज्यले बैदेशिक रोजगारसम्बन्धि कुनै ठोस निर्णय या राहत प्याकेज नल्याईदिँदा सफल मानिएका म्यानपावर कम्पनि बिस्थापित हुने अवस्थामा पुगेका छन् भने कति त भैसकेको रेकर्ड पनि हामि सँग छ।

करोडौं अरबौं खर्च गरेर र राज्यमा धरौटी तिरेर खोलिएको म्यानपावरहरु अहिले घर भाडा तिर्न र र कर्मचारीलाई तलब खुवाउन सकेका छैनन्। बिगत ८ महिनादेखिको घरभाडा तिर्न नसकेर कतिपय म्यानपावरमा घरबेटीले ताला लगाइदिएका छन्। घरबेटी पनि के गरुन बिचरा ! घरभाडा खाने लोभमा ऋण लिएर घर बनाएका हुन्छन उनीहरुलाई ब्याजमा एक रुपैयाँ पनि छुट छैन। छुट त परे जावस गतबर्षको क्लोजिङ् नै नगरेको नागरिक लगानी कोषले असार मसान्त सम्म ब्याज नतिरेका ऋणीहारुको ब्याज सावाँमा थपिदिएको छ।

वेट एण्ड सी भन्दै अहिले सम्म कुरेको र अब पनि सरकारले राहत प्याकेज नल्याए म्यानपावर कम्पनि मालिक आत्माहत्या गर्न बाध्य हुने म्यानपावर व्यवसायी संघका पूर्व अध्यक्ष तथा सल्लाहकार बिमल ढकाल बताउँछन। ‘अहिले म्यानपावर अफिस खोलेर पनि केहि काम छैन।’ उनि भन्छन- ‘विदेश गएकाहरु खान नपाएर फर्किएका छन् अब हत्तपत्त जाने आँट गर्दैनन्।’ सकारले राहत प्याकेज वा म्यानपावर व्यवसायीलाई व्यवसाय चलाउन सहज हुने कुनै ठोस निर्णय नगरे देशको सम्पूर्ण अर्थतन्त्र खाच्किने उनको भनाइ छ।

हाम्रो थाहा अनलाइनको टिमले कोरोनाले थलिएको बैदेशिक रोजगारको बारेमा बिमल ढकालसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्