दाङ राजधानी कसैको दयामयाले प्राप्त गरेको होइन् प्रतिनिधि सभा सदस्य – चौधरी



भालुवाङ १९ असोज । प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले दाङ राजधानी कसैको दयामायाले प्राप्त नगरेको बताएका छन् । सांसद चौधरीले आफ्नो फेसबुक आइडीमा स्टाटसमा सो कुरा उल्लेख गरेका छन् । उनले सोमवार बसेको प्रदेश सभा बैठकको विषयमा सांसदहरुबाट भएको अराजक गतिविधी प्रति असन्तुष्टि जनाउदै लोकतान्त्रिक राज्य ब्यवस्थाको मर्ममा बिश्वास गर्ने राजनैतिकदलको नाममा कुर्सी तोडफोड गर्ने कार्यलाई जायज मान्न नसकिने बताएका छन् ।

लोकतन्त्रमा असहमति राख्नको लागि केही निश्चित विधि र प्रकृया हुन्छ । त्यसको कार्यान्वयन भएपछि मात्रै लोकतन्त्रको संस्थागत बिकास हुन्छ । तर ५ नम्बर प्रदेशको नामकरण र राजधानीको बिषयमा असहमति जाहेर गर्दा त्यस्तो देखिएन । माननीय ज्यूहरूको अराजकता शैली देखियो । जुन शैलीले लोकतन्त्रलाई गिज्याएको महसुस गरेकोले तर्फ हामी सबैको ध्यान पुग्न जरुरी रहेको बताएका छन् ।

उनले अगाडी लेखेका छन् जहाँ सम्म राजधानीको लागि भुगोल बिषय छ । ५ नम्बर प्रदेश भित्र पश्चिम बर्दिया जिल्ला हुँदै बाँके जिल्ला पनि छ भनी बुझन जरूरी रहेको बताउँदै रोल्पा, प्यूठान, अर्घाखाँची र पूर्बी रूकुमको भुगोल पनि भुल्न नहुने बताएका छन् । सबथोक रूपन्देही मात्रै हो भन्ने बुझाई साम्यबाद चिन्तन हो, केन्द्रीकृत सोचाई हो । संघियता बिरोधी कुरा हो । यसैले केन्द्रको राजनीति गर्न रूचाउने जो कोहीको लागि सुहाउने बिषय नभएको बताए । संघियतालाई हामी सबैले स्वीकार गरिसकेको अवस्थामा यसको मर्म बुझनु जरूरी छ । यसको भावना भनेकै जनताको नजिक राज्य पु¥याउने हो ।

प्रदेशको राज्यलाई पनि सकभर सबैलाई पायक पर्ने स्थानमा राख्ने हो । अहिले जुन स्थान दाङ देउखुरीको भालुबाङलाई प्रदेश सरकारले निर्णय संसदमा टेबुल गरेको छ त्यो ठाउँ १२ वटा जिल्लाको केन्द्र भाग हो । बुटवल एउटा छेउकुना हो । बिश्वास नलागे प्रदेशको नक्सा हेर्न पनि अनुरोध गरेका छन् । दाङ प्रादेशिक राजधानी हुँदा कसले रोइलो गर्नु जरूरी छैन । किनकी दाङको भालुबाङ सबैले रूचाएको र सबैको मनोबिज्ञान समेटेको भुगोल रहेको बताए । यसैले यो निर्णय नत कुनै ब्यक्तिको जित हो नत कसैको हार । यो त केवल न्यायको जितको बताएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्