३ वर्षभित्र खरका छानाहरु विस्थापित गर्छौंः राज्यमन्त्री मानन्धर



काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी तीन वर्षभित्र मुलुकबाट फुस र खरका छाना विस्थापित गरिने बताएका छन् ।

विश्व बसोबास दिवसको शुभकामना दिँदै उनले नागरिकको मुहारमा खुशी र जीवनयापन सहज बनाउन ७५३ वटै स्थानीय तहमा कम्तीमा एक लाख परिवारको घरमा आधुनिक छानोको प्रबन्ध हुने जनाएका हुन् ।

राज्यमन्त्री मानन्धरले बेसाहरा नागरिकको संरक्षण गर्ने दायित्व राज्यले पूरा गर्ने जनाउँदै विपन्न नागरिकलाई सुरक्षित आवास दिलाउन सरकार लागि परेको र आवासको अधिकार सम्बन्धी ऐन कार्यान्वयनमा रहेको बताए ।

कोरोना सङ्क्रमणका कारण विकासमा केही बाधा देखिएको उल्लेख गर्दै उनले अब कोरोनाबाट जोगिँदै मुलुकलाई समृद्धिको बाटोतर्फ अघि बढाइने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्