महराको नेत्रित्वमा माओवादी सरकारमा जाने तयारी



२३ जेठ, काठमाडौं । शेरबहादुर देउवाको नेतृत्वमा गठन हुने सरकारमा माओवादीले ८ वटा मन्त्रालय पाउने भएको छ । सुरुमा माओवादीले दुई मन्त्री पठाउने तयारी गरेको छ ।स्रोतका अनुसार माओवादीले अघिल्लो सरकारका उर्जामन्त्री जनार्दन शर्मालाई गृहमन्त्री बनाउने भएको छ माओवादीका तर्फबाट सरकारको नेतृत्व भने कृष्णबहादुर महराले गर्ने हुन भएको छ। महराले उपप्रधानमन्त्रीसहित मन्त्रालय सम्हाल्ने श्रोतले जनाएको छ। महराले सम्हाल्ने मन्त्रालयको टुंगो लागिसकेको छैन । तर, माओवादीले महरालाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बनाउनुपर्ने माग गरेको छ ।महरा माओवादीभत्र सदाबहादर मन्त्री बन्न पाउने भाग्यमानी ठहरिएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा उनी उपप्रधानमन्त्री एवं अर्थमन्त्री हुन भएको थियो । उर्जामन्त्रीका रुपमा काम गर्दा लोडसेडिङ हटाउन भूमिका खेलेका कारण चर्चा कमाएका जनार्दन शर्मा पनि दोहोर्‍याएर मन्त्री बन्न लागन्को हो । माओवादीभित्र गृहमन्त्रीका रुपमा अग्नि सापकोटा र शक्ति बस्नेत लगायतको चर्चा चले पनि धेरै नेताहरुको रोजाइमा जनार्दन पर्नु भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्