दाङको तुलसीपुरबाट हराएका ६ बालिका पोखरामा भेटिए



सैघाली खबर,
पुस १२ , दाङ । दाङको तुलसीपुरबाट गत आईतबार बेपत्ता भएका ६ किशोरीहरु सम्पर्कमा आएका छन । चारदिनदेखि सम्पर्क विहिन भएका तुलसीपुरका दलित बालिका सामाजिक सञ्जाल मार्फत अभिभावकको सम्पर्कमा आएको खुल्न आएकोप्रहरीले बताएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसी प्रकाश सापकोटाले दिएको जानकारी अनुसार उनीहरुले आफुहरु पोखराको होटेलमा रहेको अवगत गराएको सूचना प्राप्त भएको बताए ।

हराई रहेका मध्य केही बालिका गत आइतवार विहान ६ बजे विद्यालयमा ट्यिूसन पढन जान्छौं भनि विद्यालय पोशाक लगाएर घरवाट गएका थिए । तर उनीहरुको विद्यालय पोशाक र झोला तुलसीपुर ५ बसपार्क निवासी १४ बर्षीया कमला विकको घरमा फेला परेको प्रहरीले जनाएको छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्