बझाङ्गमा श्रीमान र ससुराबाट यातना,बच्चा हुन्छ भनेर लाशको हड्डी खुवाए



बझाङ्ग जिल्लाको बुडगल नगरपालिकाकी २१ बर्षीय युवती आफ्नै श्रीमान र ससुराबाट बलात्कृत भएकी छिन् ।
उनको विबाह भएको केही समय पछि नै उनलाई बिभिन्न लालछना लगाउनाका साथै उनका परिवारले गालिगलौज गर्थे ।
घरमा कान्छा ससुराले नराम्रो र आपत्तिजनक कार्य गर्न थाले । यसै बिच उनका घर परिवारले विवाह गरेको दुई वर्षभन्दा बढी भइसक्दा पनि बच्चा नभएको भन्दै भारत उपचारका लागि जानु पर्ने बताए ।
गत कात्तिक २८ गते उपचारका लागी युवती, उनका श्रीमान्, सासूससुरा र नन्द सुनकुडाबाट भारत जाने भनेर हिँडे । भारतको तमिलनाडुको जिपुर अग्नासी भन्ने ठाउँको एउटा कपडा कारखानामा सबैका लागी काम खोजेर ससुरा र श्रीमान् सहीत सबै जना त्यही गए ।
आफ्नो परिवारंसग सुरक्षित हुने आशामा परिवारसंग गएकी युवतीले त्यहा जे भोग्नु पर्यो त्यो काहाली लाग्दो छ ।
बलात्कार र यातनाको कहाली लाग्दो अवस्थाबाट उनि आफुलाई निकाल्न सक्ने अबस्थामा छैनन् ।
उनका ससुराले उनलाई श्रीमानको नाइट डिउटी भएको बेला दुधमा बेहोसीको औषधी मिलाएर दिई आफुलाइ बिहोस गराइ ससुराले आफुलाइ निरन्तर बलात्कार गरेको पीडित युवतीले बताएकी छिन ।

”मलाई सधै राती दुध दिन्थे सुुते पछि केही थाहा पाउदिन थिए ।
बिउँझे पछि पछि शरीरमा के भयो भन्ने हुन्थो ।
श्रीमान पनि राती डिउटीमा जान्थे । पछि एक दिन दुध नखाएरै सुते त्यो दिन बल्ल थाहा पाए म संग के भइरहेको थियो भनेर ।
मैले यो कुरा श्रीमानलाई भन्दा उल्टै मलाई नै गाली गरे,कुटन थाले । मलाई ससुराले नराम्रो काम गर्दा बोलाए पनि आउथेनन् आए पनि सबै भइसके पछि आउने गर्थे । ”

उनलाई ससुराले मात्र नभएर ससुराका ज्वाइले समेत बलात्कार गर्ने गरेका थिए । यो सबै कुरा नन्द,सासु र पतिलाई थाहा हुदा समेत उनिहरुले पनि उनिहरुकै साथ दिएर आफुलाई बन्दक बनाउने, कुटपिट गर्ने गरेको पनि बताइन् । बच्चा हुन्छ भनेर उनलाई मसानमा जलाइएको लाशको हड्डी समेत खुवाइयो । अहिले उनको मानसिक अबस्था गम्भीर छ ।
फागुनको महिनमा ससुराले चार्जमा लगाएको मोबाइलमा युवतीको काकाको फोन आयो तर कुटाइ खाने डरले उनीले फोन रिसिभ गरिनन् । बरु इँटाको टुक्राले नम्बर भित्तामा लेखिन् । केही दिनपछि उनीसँगै काम गर्ने गोविन्दसिंह नामका एक भारतीयले उनको अवस्था देखेर सोधीखोजी गरेर उनका काका लाई ‘छोरीले आफूलाई घरका मान्छेले निकै यातना दिएको र काकाको घर पुर्याइदेउ भनेर सहयोग मागेको बताए । गोविन्दले मलाई सम्पर्क गरेपछि मात्रै सबै कुरा थाहा पाए र पछि उसैले गाडीमा छोरीलाई म कहाँ पठाएदिएको युबतीका काकाले बताए ।
भारतीय नागरिक गाविन्द सिहको सहयोगमा छोरीको उद्धार भएर मकहाँ आइपुग्दा उसको शरीरभरि जताततै चोटैचोट थियो,’ उनले भने, ‘छातीमा टोकेका र चुरोटको ठुटाले पोलेका घाउहरू थिए । पछि अस्पताल भर्ना गर्यौ ।’
बलात्कार र यातनाको कहालीलाग्दो शृंखलाबाट फुत्किएर जिल्ला अस्पताल बझाङको अन्तरंग विभागमा भर्ना भएकी ति युवतीलाई विगतको सम्झनाले विक्षिप्त बनाएको छ ।
उनको कोखमा रहेको बच्चालाई मारी दिएको कुराले उनलाई ठुलो असर गरेको छ । अहिले उनि शारीरिक भन्दा पनि मानसिक रुपले कमजोर छिन् । काखमा गुडिया बोकेर मेरो बच्चा हो भन्दै सबैलाई चिनाउछिन् ।
अब उनलाई मनोबैज्ञानिक चिकित्सकको आबश्यकता रहेको जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले बताइए ।
त्यसै यस घटनाका बिषयमा युवतीका श्रीमानलाई पक्राउ गरि अनुसन्धान अगाडि बढाएको छ । उनले आफु र आफ्नो परिवारलाई लगाएको आरोप साचो हो भनि स्वीकारेको बझाङ जिल्ला प्रहरी प्रमुख डिएसपि रुपक खड्काले बताए । आरोपीत युवतीका सासु ससुरा नन्द, नन्दका श्रीमान भारतमै रहेकाले उनीहरूलाई कसरी ल्याउने भन्नेबारे छलफल हुनुका साथै थप अनुसन्धान भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्