Banner Second

तेल खर्चनै पुग्दैन, इन्जिन बिग्रिन्छ भनेर मात्रै गाडी चलाउछौँ : टिकट व्यवसायी (फोटो/भिडियो)

By थाहा अनलाइन

October 06, 2020

सीता रेग्मी,काठमाडौं /२० असोज। दशैँ मुखैमा आइसक्दा पनि टिकट काउन्टहरु खालि देखिएका छन्। मंगलवार दिउँसो १ बजे तिर गंगबु नयाँ बसपार्क सुनसान झैँ देखियो। केहि फाट्टफुट्ट यात्रु मात्रै देखिए। लामो रुटका धेरै जसो गाडीहरु लाइन लगाएर पार्किङ् गरिएको अवस्थामा भेटिए । केहि यात्रु हरु नाइटमा यात्रा गर्नको लागि समय पर्खदै थिए त कोहि टिकट काउन्टरतिर टिकट काट्दै थिए।

यसै क्रममा हामीले जोमसोम जाने बसका एकजना चालकसँग कुराकानी गर्न खोज्यौं तर उनीहरुले केहि समस्या छैन हाम्रोमा जानुस… जानुस… भनेर झर्किदै इन्कार गरे सायद धेरै समय काम ठप्प हुँदाको दिग्दारिले पनि होला।

यस्तै हामीले लामो दुरीको यातायातको टिकट काउन्टरका एक कर्मचारी सँग कुराकानी गर्यौ उनले सहजै रुपमा आफ्नो पिडा पोखे। सरकारले ५० प्रतिशत भाडा बढाएकोले यात्रुलाई प्लेनमा र बसमा यात्रा गर्न झन्डै उस्तै खर्च लाग्ने भएकाले सबै यात्रुहरु प्लेनबाट नै यात्रा गर्न मन पराउने भएकाले गाडीहरु खालि नै कुदाउनुपरेको उनको भनाइ छ। त्यस्तै अर्का एक कर्मचारीले पनि गाडीबाट आएको पैसाले तेल खर्च नै नपुग्ने र इन्जिन बिग्रिन्छ भनेर मात्रै गाडी चलाएको बताए।

मंगलबार दिउसो नयाँ बसपार्कमा देखेको दृश्यलाई थाहा अनलाइनका फोटो पत्रकार धुर्ब पुनले भिडियो तथा फोटोमा कैद गरेका छन्।