काठमाडौं । बझाङ जिल्लाको मष्टा गाउँपालिकामा भएको बलात्कारको घटना गाउँमै गुपचुप पारेको आरोपमा ६ जना पक्राउ परेका छन् ।
त्यहाँ गत साउन २६ गते १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना गाउँमै ढाकछोप गरेको भन्दै प्रहरीले खिकालाबाट सोमबार उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मष्टा गाउँपालिका वडा नं ३ का वर्ष २४ का झलक दमाई, वडा नं २ का वर्ष २५ का लालबहादुर बोहरा, वर्ष ५७ का धनचढी बोहरा, वर्ष ४५ कि थमकला दमाई, वर्ष ५७ का पिरु दमाई र वर्ष ५५ का गल्फे बोहरा रहेका छन् ।
सम्झनाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ गरिएका राजेन्द्र बोहरा यो घटनामा संलग्न थिए ।
प्रहरीका अनुसार पक्राउ परेका ६ जनाले बोहरालाई गर्भ रहे जिम्मा लिने कागज गराएर पाँच सय जरिवाना तिराई सो घटना गाउँमै पञ्चायतको काम गरी गुपचुप मिलाएका थिए ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी डिएसपी रुपक खड्काले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।