एल.पी. ग्यास अब सस्तो दरमा पाईने



सैघाली खबर,

काठमाण्डौं। खाना पकाउने एलपी ग्यासमा परनिर्भर रहेको नेपालमा प्रतिसिलिण्डर ४ सय सस्तो ग्यास पाईने भएको छ । पहिलोपटक रूपन्देहीका उद्योगीको प्रयासमा वायोग्यासको व्यवसायिक सफल उत्पादनपछि यस्तो सम्भावना बढेको हो । नवलरासीको सुक्रौलीमा रहेको ईन्भिपावर ईनर्जी एण्ड फर्टिलाईजर प्रालीले शुरु गरेको खानापकाउने ग्यास प्रतिसिलिण्डर ९ सयमा बिक्री गर्ने तयारी छ ।

अहिले बजारमा एलपी ग्यासको मुल्य प्रतिसिलिण्डर १३ सय पचास छ । झण्डै २२ करोडको लागतमा फोहोरबाट ग्यास निकाल्ने उद्योगले गएको हप्तादेखी व्यावसायिक उत्पादन शुरू छ । उद्योगले स्थानीय स्तरमा पाईने कच्चापदार्थ गोवर कुखुराको सुली, भान्छाबाट निस्कने फोहरलगायतबाट ग्यास उत्पादन गर्न थालेको छ । जर्मन प्रविधिबाट निर्मित वायोग्यासउद्योगमा दैनिक ३० देखि ४० टन कच्चा पदार्थ प्रयोग गरी अहिले दैनिक ८० सिलिण्डर ग्यास उत्पादन भइरहेको छ ।

उद्योगले हाल व्यावसायिक प्रतिष्ठानका लागि मात्र विक्री शुभारम्भ गरेको भएपनि छिट्टै घरायसी प्रयोजनका लागीसमेत बिक्री थाल्नेछ । पहिलो चरणमा व्यावसायिक विक्री शुभारम्भ गरेको उद्योगले विगत ३ महीनादेखि भैरहवामा रहेको वामा तन्दुर्स र केपीएम चाइल्ड सेण्टरको किचनमा ग्यासको परीक्षण गरेको बताएको छ । प्रतिसिलिण्डर १० किलो ग्यास रहने र उक्त ग्यासको प्रतिकेजी मूल्य ९० रुपैयाँ पर्ने जानकारी दिएको छ । यो उद्योगको क्षमता डेढ सय सिलिण्डर छ ।

एउटा सिलिण्डरमा दश किलो ग्यास रहन्छ । उद्योग सञ्चालकका अनुसार यसको सफलतासँगै अन्य स्थानमा समेत यस्तै उद्योग खोल्ने तयारी छ । चितवनमा अर्को उद्योग खोल्ने तयारी शुरु भईसकेको छ भने अन्य केही स्थानमा सम्भाव्यता अध्ययन गरिरहेको छ । अहिले व्यवसायिक क्षेत्रलाई मात्रै ग्यास बिक्री भइरहेको भएपनि अर्को उद्योगको उत्पादन शुरु भएसँगै प्रतिकिलो ९० रुपैयाका दरले अन्य स्थानमा समेत उद्योग खोल्ने तयारी छ ।यसरी फोहोरबाट उत्पादित ग्यास एलपिजी ग्यासको तुलनामा सुरक्षित र सस्तो रहेको डा अभिनव अग्रवाल बताउछन । करिव तीन विघा क्षेत्रफलमा स्थापना उद्योगले १५ विघा जग्गा भाडामा लिएर मकै खेती लगाएको छ ।nagrikpatrika

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्