म्यानपावर व्यवसायीलाई सरकारले केहि सहुलियत नदिए सडक आन्दोलनमा जान्छौं : कृष्णकुमार जैसी



सीता रेग्मी,काठमाडाैं /२१ असोज।
बिगत ८ महिना देखि म्यानपावर कम्पनि बन्द छन्। सरकारले श्रम स्वीकृति खोल्न अनुमति दिएको छ तर पनि धेरै जसो म्यानपावरहरु ताला लागेको अवस्थामा भेटिन्छन।

करोडौं अरबौं खर्च गरेर र राज्यमा धरौटी तिरेर खोलिएको म्यानपावरहरु अहिले घर भाडा तिर्न र र कर्मचारीलाई तलब खुवाउन सकेका छैनन्। बिगत ८ महिनादेखिको घरभाडा तिर्न नसकेर कतिपय म्यानपावरमा घरबेटीले ताला लगाइदिएका छन्।

म्यानपावरबाट जान असहज भएपछी भिजिट भिसामा दुवै जाने नेपालीको संख्या अत्यधिक वृद्धि भएको छ। म्यानपावर कम्पनि मालिकले नै भिजिट भिसामा कामदारहरु पठाईरहेको छ तर यसबारे सरकार बेखबर जस्तै मौन बसेको छ।

म्यानपावर व्यवसायसँग सम्बन्धित सबै निकाय तथा संघहरुले आफ्नो समस्या सुनुवाइको लागि मन्त्रालयमा लिखित रुपमै धेरै पटक आग्रह गरिसके तर सरकार सुनेको नसुनै छ।

नेपाल बैदेशिक रोजगार लोकतान्त्रिक एसोसिएसनका केन्द्रिय कोषाध्यक्ष कृष्णकुमार जैसी अहिले म्यानपावर व्यवसायी मारमा परेको र राज्यले आफुले राखेको ५० लाख एक बर्षको लागि फिर्ता दिएमा मात्रै पनि मेनपावर व्यवसायीलाई धेरै राहत पुग्ने बताउँछन्। सरकारले कुनै राहत नल्याए सम्पूर्ण व्यवसायी सडक आन्दोलनमा जान बाध्य हुने उनको भनाई छ । अझ त्यो भन्दा ठुलो चुनौतिको रुपमा रहेको सिन्डिकेटको बारेमा सोध्दा त झन् कुनै हालतमा पनि सिन्डिकेट हुन नदिने चेतावनी नै दिए।

यसै बिषय सँग सम्बन्धित रहेर नेपाल बैदेशिक रोजगार लोकतान्त्रिक एसोसिएसनका केन्द्रिय कोषाध्यक्ष कृष्णकुमार जैसीसँग गरिएको कुराकानी प्रस्तुत छ.…

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्