विरेन्द्र गिरी, बुटवल २१ असोज । नेत्रहिन युवा संघ रुपन्देहीले स्वरोजगार गरी आत्मनिर्भर बन्दै आएका नेत्रहिनहरुलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । बुधबार बुटवल-१३ नयाँ गाउँ जबैमा रहेको रुपन्देही दृष्टिविहिन संरक्षण केन्द्रमा स्वाथ्य सामग्री प्रदान गरिएको हो । आश्रममा रहेर स्वरोेजगारमुलक व्यवसाय अगरवत्तीको प्याकिङ्ग,फिनायल निर्माण गरि विक्रि वितरण गर्दै आएका दृष्टिबिहिन अपाङ्गता भएको व्याक्तिहरुलाई स्वाथ्य सामग्री प्रदान गरिएको हो ।
नेत्रहिन युवा संघ रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलका अनुसार १४ जना स्वरोजगार व्यवसाय गर्दै आएका व्याक्तिहरुलाई माक्स, स्यानेटाईजर, ग्लोव लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको हो । कोडिभको कारण पहिला सडक संगीतको काम गर्दै आएका उनीहरुले हाल अगरवत्तीको प्याकेजिङ्ग गर्ने,फिनायल बनाएर विक्रि वितरण गर्दै आएका छन् । विक्रि वितरणका लागि घर-घरमा जाने क्रममा कोरोनाको जोखिम न्युनीकरण होस भन्ने हेतुले आफूहरुले स्वाथ्य सामग्री प्रदान गरिएको अध्यक्ष टिकाराम पौडेलले जानकारी दिएका छन् ।
आश्रमका अध्यक्ष पदमबहादुर नेपालीले आयआर्जनको बाटो परिर्वतन भएको जानकारी दिदै आफुहरुले बनाएका सामाग्रीहरु बिक्री वितरणको लागि डिपो बनाई बजारीकरणमा सहयोग गर्न स्थानिय तह तथा प्रदेश सरकार संघ माग गरेका थिए। उनको गुनासो सुनाउदै सामाग्री बिक्रीका लागि घरघरमा जाँदा सोचे जस्तो बिक्री नहुने,माग्नेको जस्तो व्यवहार गर्ने गरेको तर आफू परिश्रम गरेर सामान बनाउने ,बिक्री वितरण गर्ने हुँदा हाम्रो सामान खरिद गरिदिनु हुन र माग्नेको जस्तो व्यवहार नगरिदिनु हुन आग्रह गर्नु भएको थियो। नेपाल नेत्रहिन संघ, रुपन्देही श्रवण, दृष्टिविहिन परियोजनाको संयोजक प्रेम आचार्य, नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका उपाध्यक्ष जिवन पोखरेल,रुपन्देही नेत्रहीन संघका सदस्य पुर्णबहादुर थापा लगायतले स्वाथ्य नै ठूलो धन भएको भन्दै कोडिभ-१९(कारोना)बाट पुर्व सावधानी अपनाएर काम गर्नको लागि आग्रह गरेका थिए । मंगलबार पनि सस्थाले उजेलापुरमा अवस्थित लुम्बिनी अपाङ्ग अनाथ आश्रममा २५ जनालाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।