वेरोजगार भत्ता चाहियो



सैघाली खबर

दाङ , पुस १२ । युवाहरुलाई वेरोजगार भत्ता दिनका लागि सरकारले पहल गर्नुपर्ने कुरा तुलसीपुरमा आयोजित कार्यक्रममा वोल्ने वक्ताहरुले वताएका छन् । उनीहरुले समाजमा वेरोजगारीका समस्या सम्वोधन गर्न नसकेका कारणले आपराधिक घटना वढेको वताउँदै वेरोजगार भत्ताको व्यवस्था गरेमा युवाहरुलाई विदेश पलायन हुनु नपर्ने समेत वताएका थिए । “वेरोजगार भत्ताले युवाहरुलाई सामाजिक दायित्व वोध गराउनुका साथै देश विकासमा अगाडि वढ्न समेत प्रेरित गर्छ ” उनीहरुले भने ।

तुलसीपुरमा रहेको ज्ञानदिप कलेजमा अध्ययनरत विद्यार्थीहरुले आयोजना गरेको युवाहरुलाई रोजगार कि वेरोजगार भत्ता विषयक वादविवाद कार्यक्रममा वोल्ने वक्ताहरुले सो कुरा वताएका हुन् । उनीहरुले पुर्ण रोजगारी सम्भव नभएकाले युवाहरुलाई भत्ता दिएर सामाजिक काममा लगाउनुपर्ने सुझाव समेत दिएका थिए ।

स्टुडेन्ट क्वालिटी सर्कलले आयोजना गरेको कार्यक्रममा प्रकाश वली प्रथम, मनिषा डिसी द्धितीय, सुवास सुवेदी तृतिय, नारायण भण्डारी र रमेश भट्ट सान्त्वना भएका थिए । सर्कलका अध्यक्ष हेमन्तप्रकाश वलीको अध्यक्षता एवम् कलेज प्रमुख सुरेन्द्र जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षक वसन्त विवश आचार्यले मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजिकरण नेजकुमार डाँगी र सुदन भण्डारीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्