चिनले गर्दा मलाई भाइरस लाग्यो, त्यसको मूल्य चुकाउनु पर्छः ट्रम्प



वासिङ्‌टन । कोरोना भाइरस संक्रमणका कारण चार दिनसम्म अस्पतालमा भर्नापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प काममा फर्किएका छन् ।

अस्पतालबाट फर्किएपछि उनले उनले भिडियो सन्देश जारी गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् । भिडियोमा राष्ट्रपति ट्रम्प बिनामास्क देखिएका छन् ।

झन्‍डै पाँच मिनेटको भिडियोमा उनले भनेका छन्, “मलाई कोरोना संक्रमण हुनुमा ईश्वरको आशीर्वाद थियो… एउटा लुकेको आशीर्वाद । अब म पूरै ठीक छु । जसरी मलाई राष्ट्रपतिको हैसियतमा अस्पतालमा उपचार भयो त्यसै गरी हरेक अमेरिकी नागरिकको उपचार होस् भन्‍न म चाहन्छु ।”

राष्ट्रपति ट्रम्प भिडियोमा चीनमाथि आक्रमण गर्न भने चुकेनन् । उनले भने, “मलाई चिनियाँ भाइरसको संक्रमण भयो, यसमा तपाईंको गल्ती होइन, चीनको गल्ती हो । चीनले यसको परिणाम व्यहोर्नुपर्नेछ । चीनले यो देशका साथ जे गरेको छ, त्यसको मूल्य चुकाउनुपर्नेछ ।”

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्