कर्मचारीमा कोरोना देखिएपछि दाङको मालपोत कार्यालय ५ दिन बन्द



काठमाडौँ /२२ असोज ।
कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला मालपोत कार्यालय दाङ ५ दिनलाई बन्द हुने भएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय घोराही दाङले एक सूचना जारी गर्दै आज २२ गतेदेखि यही २६ गतेसम्म कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द हुने जानकारी दिएको छ।

‘यस कार्यालयका कर्मचारीमा कोरोना पुष्टि भएकाले अन्य कर्मचारीहरु क्वारेन्टाइनमा बस्नु पर्ने र पिसिआर परिक्षण गर्नु पर्ने भएको हुँदा ५ दिनलाई सम्पूर्ण सेवा बन्द हुने भएको छ’, जारी गरिएको सूचनामा भनिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्