सदाबहार राष्ट्रिय टिकटक प्रतियोगिताको भोटिङ राउन्ड सुरु



सुबिन बिश्वकर्मा,बराहक्षेत्र /२२ असोज ।
सदाबहार राष्ट्रिय टिकटक प्रतियोगिता २०७७ को उत्कृष्ट २० नामावली सार्बजनिक भएसँगै भोटिङ राउन्ड सुरु भएको छ ।

गत श्रावणबाट सुरु भएको प्रतियोगिताको उत्कृष्ट २० भ्युजकै आधारमा छनौट गरिएको छ । अब अगाडिको चरणका लागि भोटिङ सुरु गरिएको आयोजक समितिले जानकारी दिएको छ ।

आयोजक समितिले बताएअनुसार उत्कृष्ट २० बाट क्रमशः उत्कृष्ट १५, १०, ५, ३ बाट बिजेता, फस्ट रनरअप र सेकेन्ड रनरअप सम्म भोटिङ सिस्टम लागू गरिएको छ ।

भोट गर्नका लागि Tiktok लेखेर स्पेस दिएपछि आफ्नो मनपर्ने सहभागीको भोटिङ कोड सहित 33001 मा मेसेज पठाउनुपर्ने छ । त्यस्तै, खल्ती एपमार्फत भोट गर्नका लागि भने एक भोट निशुल्क गर्न सकिनेछ भने त्यसपछि क्रमशः पैसा लाग्ने जनाईएको छ ।

आइतबार उत्कृष्ट २० नामावली सार्वजनिक गरिएको थियो । जसमा सुनसरीका सुजा रायमाझी, सागर लामिछाने, बिनोद बस्नेत, अस्मिता कोइराला, प्राप्ति श्रेष्ठ, प्रवेश प्रधान, तुलसी खड्का रहेका छन् । इलामका सरिता राई र भुमिराज लिम्बू पनि उत्कृष्ट २० मै अटाएका छन् ।

त्यस्तै, चितवनबाट सन्जु पाठक र श्रीजु अर्याल रहेका छन् भने निरुपा भण्डारी र बजिता थापा मोरङबाट हुन् ।

त्यसैगरी पर्बतका सक्षम भुषाल, तनहुकि प्राथना रानामगर, खोटाङकि सरिता गुरुङ, प्युठानकि जिज्ञासा गिरि, कैलालीकि पूजा काफ्ले, उदयपुरकि बिसिखा पोखरेल र नवलपुरकी आरबी घिमिरेले पनि उत्कृष्ट २० मा आफ्नो स्थान पक्का गरेका छन् ।

नेपालमै पहिलोपटक ठूलो धनराशि पुरस्कार भएको आयोजकको दाबी रहेको छ । कार्यक्रमको प्रथम विजेतालाई १ लाख ५० हजार, द्वितीय र तृतीयलाई क्रमशः नगद १ लाख र ५० हजार प्रदान गरिने आयोजकले जनाएको छ । साथमा उत्कृष्ट तीन बिजेतालाई नेपाल लाईफ इन्स्योरेन्सको तर्फबाट रु. ५ लाख बराबरको जीवन बिमा पोलिसि लगाएतका पुरस्कारहरु रहेका छन् । साथै बिजेतालाई गायक कर्णराज गिरिको गीतमा म्युजिक भिडियोको अवसर समेत प्रदान गरिने आयोजकले बताएको छ ।

सुनसरीको बराहक्षेत्रमा रहेको सदाबहार मिडिया प्रालिद्वारा आयोजित प्रतियोगिताको फाइनल आगामी कार्तिक २८ गते हुने जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्