दाङ /२२ असोज ।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेलाई कोरोना संक्रमण भएको छ।
ज्वरो आएपछि नगर प्रमुख पाण्डेले पिसिआर जाँचको लागी असोज १९ गते नमुना दिएका थिए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा उनलाई कोरोना पुष्टी भएको हो ।
उनी सहित सचिवालयमा कार्यरत एक कर्मचारीमा समेत कोरोना पुष्टि भएको छ ।
नगर प्रमुख पाण्डे अहिले होम आईसोलेशनमा रहेको प्रेस संयोजक बसन्त आचार्यले जानकारी दिए।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।