काठमाडौं /२३ असोज।
दिल्ली क्यापिटल्सले आफ्नो छैटौं खेलमा शुक्रबार राति राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ। राजस्थानविरुद्ध पनि सन्दीप बेन्चमै हुने सम्भावना भने बलियो छ।
युएईमा जारी आइपिएलमा राजस्थानलाई पराजित गर्दै दिल्लीले लिगको शीर्ष स्थानमा उक्लिने लक्ष्यमा छ। यता स्टेभन स्मिथको कप्तानीमा रहेको राजस्थान भने तेस्रो जितको खोजीमा हुनेछ। दिल्ली अहिले लिगको दोस्रो स्थानमा छ।
पाँच खेलमध्ये चार खेलमा जित र एक खेलमा हार ब्यहोरेको दिल्लीको आठ अंक छ। पाँच खेलमध्ये तीन खेलमा हार र दुई खेलमा जित निकालेको राजस्थान भने लिगको पुछारबाट दोस्रो स्थानमा छ।
राजस्थानको तुलनामा दिल्ली बलियो टिमको रुपमा देखिएको छ। ब्याटिङ र बलिङ दुवै उत्कृष्ट छ। ओपनिङमा पृथ्वी शो र शिखर धवनको जोडी निकै राम्रो लयमा छन्।
पृथ्वी र धवनले यसअघिका खेलमा चेन्नाई सुपर किंग्सविरुद्ध ९४, कोलकाता नाइट राइडर्सविरुद्ध ५६ र रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।