समयमा धरौटी बुझाउन नसक्दा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने ३५ स्वास्थ्य संस्था खारेज



काठमाडौं /२३ असोज।
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने ३५ स्वास्थ्य संस्था खारेज भएका छन् ।

तोकिएको समयमा धरौटी रकम बुझाउन नसकेको र पेश गरेको सफाइ पनि सन्तोषजनक नभएको देखिएकाले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने ३५ स्वास्थ्य संस्था खारेज गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगार नियमावलीको पाँचौं संशोधन अनुसार विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाले सूचीकरण हुँदा पाँच लाख रुपैयाँ नगद धरौटी जम्म गर्नुपर्ने हुन्छ ।

नियमावलीको पाँचौ संशोधन लागू हुनुभन्दा अघि मन्त्रालयमा सूचीकरण भइसकेको स्वास्थ्य संस्थाले पाँचौं संशोधन लागू भएको मितिले तीन महिनाभित्र नपुग धरौटी रकम दुई लाख रुपैयाँ वैदेशिक रोजगार विभागमा जम्मा गर्नुपर्छ ।

तर ३५ वटा स्वास्थ्य संस्थाले नपुग रकम नबुझाएको र दिएको सफाइ पनि सन्तोषजनक नभएपछि श्रम मन्त्रालयले सूचीकरण खारेज गरेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्