पार्टी एकीकरणका विषयमा वामगठबन्धन एकता समितिको बैठक बस्दै



सैघाली खबर
काठमाडौं ,१३ पुस

पार्टी एकता र अब बन्ने सरकारका विषयमा एमाले र माओवादीले आज औपचारीक छलफल गर्दैछन् । हिजो दुई दलका अध्यक्षबीच भएको छलफलका आधारमा आज बैठक बस्न लागेको हो । एमाले र माओवादी केन्द्रले पार्टी एकताको संगठनात्मक र वैचारिक राजनीतिक मोडालिडीको विषयमा छलफल गर्नेछन् । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच हिजो ओली निवास बालकोटमा छलफल भएको थियो ।

एकता संयोजन समितिको बैठक बस्नु अगाडि आजै ओली र दाहाल बीच थप छलफल हुने बताइएको छ । दुईदलबीच पार्टी एकता, त्यसपछिको नेतृत्व व्यवस्थापन र सरकारको विषयमा भने मिश्रित खाकामा छलफल चलेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

दोस्रो तहका नेता बीच पनि पार्टी एकताको सैद्धान्तिक राजनीतिक आधारमा केन्द्रित छलफल भइरहेको छ । पार्टी एकता गर्नुअघि नेताहरूको पदीय व्यवस्थापन सरकारमा भागबन्डा लगायतका विषय टुंग्याउन बाँकी छ । ओली लाई नै प्रधानमन्त्री बनाउन माओवादी सहमत छ । तर, पार्टी एकतापछि सरकार र पार्टीको नेतृत्व अलग–अलग व्यक्तिले गर्ने वा के गर्ने विषयमा भन्ने नेताहरू निष्कर्षमा पुगेका छैनन् ।

राष्ट्रपति, पार्टी अध्यक्ष, सभामुख, मन्त्रालयको भागबन्डा लगायत विषय नेताहरूले टुंगाउन बाँकी छ । एकता समितिमा एमाले अध्यक्ष ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल तथा माओवादीका तर्फबाट अध्यक्ष दाहाल, वरिष्ठ नेता नारायाणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य हुनुहुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्