माण्डवी माविमा अाईपुग्याे स्कुल बस – विद्यार्थीहरू हर्षित



पवन पाेख्रेल २३ असाेज २०७७
प्युठानकाे माण्डवी गाउँपालिका वडा नम्बर ३ नयाँगाउँँमा रहेकाे माण्डवी माध्यमिक विद्यालयमा अध्ययनरत टाढाबाट अाउने विद्यार्थी दैनिकी १२ किलोमिटर भन्दा बढी हिडेरै विद्यालय पुग्नुपर्ने समस्याको अब अन्त्य भएको छ।


जिल्लाकै नमुना माण्डवी विद्यालयले अार्थिक अभावकै कारणबाट सिर्जित याे समस्यालाई निराकरण गर्न लामाे समयदेखि स्थानीय पालिकाहरूमा पहल गर्दै अाईरहेकाे थियाे माण्डवी गाउँपालिकाकाे आर्थिक सहयाेग र माण्डवी मावि ले २०७६ सालमा सञ्चालन गरेकाे भैलाे कार्यक्रमबाट सङ्कलित रकमले विद्यालयमा असाेज २३ गते शुक्रबारकाे दिन ४० सिट क्षमताको स्कुल बस आइपुगेकाे छ । विद्यालयका प्रधानाध्यापक मेघराज पाैडेलले जानकारी दिनुभयो।

श्रीगाँउ,बायखाेला, थक्लेनी, सिमलचाैर, कालीखाेला,छबिसे लगाएतका एक दर्जनबढी टाढाको गाँउबाट अाउने विद्यार्थी हरू दैनिकी १३ किलोमिटर हिडेर विद्यालय पुग्ने गरेका थिए । अाफुले भाेग्दै अाएकाे समस्या राख्दै विद्यार्थी भन्छन “विहानै ७ बजेबाट खाना खाएर स्कुल हिड्नुपर्थ्याे साझ स्कुलबाट घर पुग्दा सम्म रात पर्ने , गृहकार्य गर्नै भ्याईदैन्याे विद्यार्थीलाई पाेसाक देखेपछि भारा दिन्छौं भन्दा पनि सार्वजनिक सवारी साधनले राेक्दैनथ्याेँ हर्षित हुँदै अब भने त्याे समस्याको अन्त्य भएको छ।”

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्