माण्डवी माविमा अाईपुग्याे स्कुल बस – विद्यार्थीहरू हर्षित




पवन पाेख्रेल
२३ असाेज २०७७
प्युठानकाे माण्डवी गाउँपालिका वडा नम्बर ३ नयाँगाँउमा रहेकाे माण्डवी माध्यमिक विद्यालयमा टाढाबाट अाउने विद्यार्थीलले
दैनिक १२ किलोमिटर हिडेरै स्कुल पुग्नुपर्ने समस्याकाे अब अन्त्य भएको छ ।

जिल्लाकै नमुना यस माण्डवी विद्यालयले अार्थिक अभावकै कारणबाट सिर्जित याे समस्यालाई निराकरण गर्न लामाे समयदेखि स्थानीय पालिकाहरूमा पहल गर्दै अाईरहेकाे थियाे माण्डवी गाउँपालिकाकाे आर्थिक सहयाेग र माण्डवी मा‍ वि ले २०७६ सालमा सञ्चालन गरेकाे भैलाे कार्यक्रमबाट सङ्कलित रकमले विद्यालयमा असाेज २३ गते शुक्रबारकाे दिन ४० सिट क्षमताको स्कुल बस आइपुगेकाे छ । विद्यालयका प्रधानाध्यापक मेघराज पाैडेलले जानकारी दिनुभयो ।

बायखाेला,थक्लेनी,सिमलचाैर,कालीखाेला,छबिसे,श्रीबारी लगाएतका एक दजर्न गाँउका विद्यार्थीहरू विद्यालय जान चार घण्टा र अाउन चार घण्टा गरि दैनिक १३ किलोमिटर (दैनिक ६-८ घण्टा)हिडेरै विद्यालय पुग्ने गरेका थिए । अाफुले भाेग्दै अाएकाे समस्या राख्दै एक विद्यार्थी भन्छन “विहानै ७ बजेबाट खाना खाएर स्कुल हिड्नुपर्थ्याे साझ स्कुलबाट घर पुग्दा सम्म रात पर्ने , गृहकार्य गर्नै भ्याईदैन्याे ” विद्यार्थीलाई पाेसाक देखेपछि भारा दिन्छौं भन्दा पनि सार्वजनिक सवारी साधनले राेक्दैनथ्याेँ ।हर्षित हुँदै अब भने त्याे समस्याको अन्त्य भएको छ । “

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्