मापदण्ड विपरीत ग्यास उद्योग सञ्चालन भएको खुलासा



सैघाली खबर
बारा ,१३ पुस

पथलैयामा रहेको वीरगञ्ग औद्यौगिक कोरिडोर एरिया क्षेत्रअन्तर्गत सञ्चालित सबै ग्यास उद्योग मापदण्ड विपरीत रहेको पुष्टि भएको छ ।

बारा–पर्सामा रहेका सातवटा ग्यास रिफिलिङ स्टेसन बोटलिङ प्लान्ट नेपाल सरकारले तोके बमोजिमको सुरक्षा मापदण्ड र स्थानम निर्माण नभएको कारण मानव बस्तीमा हजारौं सर्वसाधारणको ज्यान तथा धनजन समेत जोखिममा परेको छ ।

एक साता अगाडि मात्र सुपर ग्यास उद्योगमा भएको आगलागीमा परी तीन जना अग्नि नियन्त्रणको मृत्युले ग्यास उद्योगहरुमा आगो निभाउने उपकरण तथा ठोस, भरपर्दो प्रविधि नहुँदा व्यवस्थापन पक्षबाट गम्भीर त्रृटि देखिएको घटनाको छानविन गर्न सरकारी टोलीबाट आएको खाद्य तथा आपूर्ति महाशाखाका उपमहानिर्देशक कुमार दाहालले बताउनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्