अहिले बालबालिकाका सिक्दै छन् यस्ता आनीबानी



हामीले कोरोनाका कारण केही कुरा सिक्न एवं अभ्यास गर्न पनि पाएका छौ । जस्तो कि, हातको सरसफाई, नाक–मुखको सुरक्षा आदि । आज उनीहरुले सिकेका यी कुरा जीवनभरका लागि उपयोगी हुनेछ । अर्थात शारीरिक सरसफाईमा उनीहरु सधै सजग हुनेछन् ।किनभने सानो उमेरमा सिकेका कुराहरु जीवनभर याद गर्छन् र अनुसरण पनि । त्यसैले बालबालिकालाई शारीरिक स्वास्थ्यका लागि आवश्यक यस्ता थुप्रै कुराहरुमा सिकाउन जरुरी छ, जो उनीहरुको निम्ति जीवनभर उपयोगी होस् ।

मुखको सरसफाई

–बिहान र साँझको खाना खाइसकेपछि कम्तीमा दुई पटक ब्रस गराउनु जरुरी हुन्छ ।

–ब्रस गरिसकेपछि जिब्रोको सफाई गर्न सिकाउनुपर्छ ।

–कुनैपनि खानेकुरा खानसाथ मुख कुल्ला गर्न सिकाउनुपर्छ ।

–चकलेट वा गुलियो खानेकुरा कम खाने वा खाइसकेपछि राम्ररी मुख कुल्ला गर्न सिकाउनुपर्छ ।

यसरी सानै उमेरदेखि दाँत र मुखको सफाईमा ध्यान दिने, नियमित ब्रस गर्ने, कुल्ला गर्ने बानीको विकास भएमा उनीहरुलाई दाँत लगायत पाचन यन्त्रको समस्या हुँदैन ।

शरीरको सरसफाई

बालबालिकालाई नियमित रुपमा नुहाउन पनि सिकाउनु जरुरी छ । यसरी नुहाइदिँदा शरीरका विभिन्न भागहरु जस्तैः हात खुट्टा, हत्केला, जोर्नीहरु, कम्मर नाभी, घुँडा आदीलाई राम्रोसँग सफा गर्नुपर्छ । भित्री पहिरन फेरिदिनुपर्छ ।

हातको सरसफाइ

बच्चामा हात नियमित धुने बानी बसाउनुपर्छ । उनीहरुलाई हात धुनाले विभिन्न रोगका ब्याक्टेरियाहरु फैलनबाट रोक्न र बिरामी हुनबाट बच्न सकिन्छ भनेर बुझाउनुपर्छ । हात धुने सही तरिका पनि सिकाउनुपर्छ ।

खुट्टाको सरसफाई

फोहोर खुट्टाले दुर्गन्ध आउनेमात्रै होइन दाद र अन्य संक्रमणको पनि खतरा बढ्छ त्यसैले बच्चालाई खुट्टा सफा राख्न पनि धेरै आवश्यक छ भन्ने थाहा हुन पर्छ ।

बच्चामा दिनमा २ पटक खुट्टा सफा गर्ने बानी बसाउन पर्छ । औंलाहरुको बीच भागलाई राम्रोसँग पुछेर सुकाउन भन्नुहोस् किनभने औंलाहरुको बीचको ठाउँ भिजेर फंगस हुन सक्छ ।

शौचालयमा

बच्चालाई सौच गर्ने सहि तरिका थाहा हुन पर्छ । सँधै अगाडीबाट पछाडितर्फ धुन सिकाउनुहोस । पछाडिबाट अगाडिको तर्फ धोएमा संक्रमणको खतरा बढ्न सक्छ भन्ने कुरा उनीहरुलाई थाहा हुन पर्छ ।

त्यस्तै बच्चालाई दिसापिसाब पछि फ्लस गर्ने बानी सिकाउन पर्छ । बच्चालाई संक्रमणबाट बच्न हरेक पटक शौचालयबाट आए पछि हात धुन धेरै आवश्यक छ भन्ने बुझाउनुपर्छ ।

घर वा कोठाको सरसफाई

बच्चाहरु जुत्ता चप्पललाई यताउता नराखेर सँधै जुत्ता राख्ने र्याकमा राख्न सिकाउनुपर्छ । बच्चाहरु फोहोर र अन्य कुनै बेकार चीजहरुलाई डस्टबिनमा राख्न पनि सिकाउनुपर्छ । त्यस्तै उनीहरुलाई कपडाहरु पट्याएर दराजमा राख्न सिकाउन जरुरी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्