फेसबुकले प्याजलाई ‘सेक्सी’सोचेपछि



क्यानडाको एक बिउ र बागबानीको सरसामान बेच्ने स्टोर त्यतिबेला चकित पर्यो जब उनीहरुले थाहा पाए कि फेसबुकले प्याजलाई ‘सेक्सी’को श्रेणीमा राख्ने गर्छ ।

क्यानडाको पूर्वमा रहेको प्रान्त न्यूफाउन्डल्याण्डको सेन्ट जोन्स शहरमा रहेको ‘ईडब्यू गेज’ नामको कम्पनीले फेसबुकमा ‘प्याजको बिउको एक प्रकारको’ विज्ञापन प्रकाशित गर्न चाहन्थ्यो ।

तर उनीहरु त्यतिबेला अचम्मित भए जब फेसबुकले प्याजको विज्ञापनलाई ‘स्पष्ट रुपमा सेक्सी’ (फेसबुकमा नग्नताको एक श्रेणी) भन्दै हटाइदियो ।

यसका लागि फेसबुकले एक बयान जारी गर्दै माफी मागेको छ र यो वेबसाइटद्वारा प्रयोग गरिने स्वसञ्चालित प्रविधिका कारण भएको बताएको छ ।

जुन विज्ञापनलाई फेसबुकले पोस्ट गर्न अस्विकार गर्यो, त्यो ‘वाल्ला–वाल्ला’ प्रजातिको प्याजको तस्बिर थियो । प्याजको यो प्रजाति आफ्नो आकार र मिठो स्वादका लागि परिचित छ ।

ईडब्यू गेज स्टोरका म्यानेजर ज्याक्सन म्याकलिनले भने, ‘सुरुमा मैले बुझ्दै बुझिनँ कि फेसबुकले मेरो विज्ञापन सार्वजनिक गर्न किन अस्विकार गरिरहेको छ । वास्तविक कारण बुझ्न उनलाई धेरै समय लाग्यो । ’ ज्याक्नलाई केही बेरपछि महसुस भयो कि फेसबुकले सायद प्याजलाई गल्तीपूर्वक स्तन भनेर ठान्यो कि ?

ज्याक्सनलाई थाहा थियो कि उनका ग्राहक फेसबुकको यो गल्तीमा हाँस्नेछन् । त्यसैले उनले अस्विकार गरिएको विज्ञापन र फेसबुकद्वारा देखाइएको मेसेजको एउटा भिडियो बनाए र त्यो पोस्ट गरिदिए ।

स्टोरका म्यानेजर म्याकलीनले कोरोना महामारीपछि बिक्रिीको एउटा ठूलो हिस्सा अनलाइनमार्फत् भएको जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्