नयाँ बस्तीको पुरानै धुन…



 

फाईल फोटो

जनक नेपाली
दाङ १२ पुस । पुरानै धुन, पुरानै बाजागाँजा ,तर गाउँको नाम भने नयाँ बस्ती , बाक्लो गन्धर्ब बस्ती रहेको घोराही उपमहानरपालिका १२ नयाँ वस्तीका उनिहरुले अहिले सम्म कुनै नयाँ पनको अनुभव गर्ने पाएका छैन्न् । २०२७ सालमा सल्यानको बयलडाडा वाट ६ जना साथिहरु सारङ्गी वजाउदै दाङ आएको र त्यसै वेला देखी नयाँ बस्तिमा वसेको स्थानिय तिलक गन्र्धब भनाई छ ।

सल्यान जाँदा महिना दिन लाग्ने विरामी हुदा वाटोमा औषधि उपचार नपाउने भएकाले कारण वसाई सारेको बताउनु भयो ।यो वस्ति घोराही तुलसीपुर सडक खण्डको पत्रेखोला देखी १ किलोमिटर उत्तरमा पर्छ ।
स्थानिय गन्र्धब समुदाय खानेपानी ,सिचाई ,विद्युत्त ,लगाएका अन्य भौतिक पुर्वाधार वाट पनी अहिले सम्म पनि पछाडी परेका छन् । खानेपानीको अभावमा उनिहरु पत्रै खोलाको पानी खान वाध्य छन । जमिनको नाममा एउटा घर बनाउने ठाउँ नभएको उनिहरु आर्थिक रुपले पछी परेको तिलकको भनाइ छ। साना साना टहरा बनाई बसेका उनीहरु दैनिक के खाउ के लाउ भन्ने चिन्तामै छन् ।

जम्मा ६६ घर धुरी गन्धर्भको वसोवास रहेको यस वस्तिमा छाक टार्ने समस्या नै सबैको साझा समस्याका रुपैयाँ रहेको तिललको भनाई छ ।जोतेर खाउ भने जमिन छैन , अन्तकै काम गरेर खाँउ भने काम दिदैन सारङ्गी बजाएर खाँउ भने माग्ने भन्छन त्यसैले छोराछोरी नै धौ धौ छ स्थानिय खड्क गन्र्धबले पिडा भन्नसभयो ।

सारङ्गी बजाउने परम्परागत पेसा पछिल्लो चरनमा लोप हुन थालेको वताउँदै बाल बच्चाको पालन पोषणमै समस्या भएको दुखेसो पोख्नुभयो । कुनै ठाउँमा घटना घटेपछि त्यसलाई गीतमा उतार्दै भन्दै कसैले दया माया बाट पाएको दुईचार पैसाले घर खर्च जुटाउँदै आएको वताउनुभयो ।

 

अवका सारङ्गी पनी बजाउन छाड्े त्यसैले हाम्रो पेसा लोप भएको खड्कले भन्नुभयो । अरु केही नभए पनी सारङ्गी बचेरै भएपनी जिबीका चलाउने सुर कसेका उनिहरु पछिल्लो समय बजारमा नयाँ नयाँ प्रविधी भित्रिन थाले पछि उनको पेसानै सङ्कटमा पर्न थालेको छ । गाउँमा पश्चिमेली बाँजागाँजा भित्रिए पछि सारंगी नै लोप हुन पुगेको खड्कले वताउनुभयो ।

 

गाउँमा काम पाईन छोडेपछि आफ्नो कमाउने मुख्य थालो काठमाण्डौका विभिन्न ईटा भट भारतको सिम्ला , चन्डिगढ , दिल्ली , बन्दै आएको छ । वस्तिमा २ / ४कक्षा पढेका व्यक्ति पनी छन तर ति उनिहरु पनी मंसिरको महिना सुरु भएपछि काठमाण्डौ लगाएत देशका विभिन्न ईट भटमा काम गर्ने गर्छन गाउँको विकास कसरी होला उहाँले थप्नु भयो ।घर परिवारको आर्थिक अभाव गर्दापनी बालबालीका विद्यालयको पढ्न नपाउने अवस्था छ । भुमिहिन उनिहरु आफु बस्दै आएको जग्गा आफनो नाममा बनाई दिन माग गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्