सैघाली खबर,
काठमाडौं १३ पुस । काठमाडौं, पुस १३ – पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न एमालेको स्थायी समिति बैठक बिहीबार बस्ने भएको छ ।
दिउँसो १ बजेपछि अध्यक्ष केपी ओलीको निवास भक्तपुरको बालकोटमा बैठक बस्ने एमालेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
बैठकमा प्रदेशसभामा समानुपातिकतर्फ सांसद बन्नेको नाम टुंग्याउने विषयका साथै नयाँ सरकार गठन, माओवादीसँग पार्टी एकता, राष्ट्रिय सभा गठनको विवादका विषयमा छलफल हुनेछ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।