जनता समाजबादी पार्टी नेपाल द्धारा लहान २४ मा सुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न



सिरहा लहान २५ असोज । सिरहाको लहान नगर पालिका २४ मा दशै दिपावली तथा छठ पर्वको अग्रिम सुभ कामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।सुभ कामना अदान प्रदान कार्यक्रमको प्रमुख अतिथि पार्टीको केन्द्रिय सदस्य भरत साह ले बोल्दै नेपालको सरकार चर्म भ्रष्टाचारीमा लिप्त रहेको बताए। बिकास निर्माणको काम सुस्त गतिमा रहेको जोड दिनु भयो।पार्टीका कार्यकर्ताहरुमा सचेत गर्दै काङ्ग्रेस,एमालेको मधेस बाट लखेटनु पर्ने जरुरी रहेको साहले बताए।
बिशिस्ट अतिथि जनता समाज बादी पार्टी नेपाल को युवा नेता राम चलितर महतो ले भने मधेसमा अरु पार्टी भन्दा हाम्रो पार्टी, नेपालमा पहिलो पार्टी बन्न तिर अग्रसर भई रहेको बताए । काङ्ग्रेस ,कम्युनिस्टको अबस्था दिन प्रतिदिन खसकिदै गरेको अबस्था छ।अगामी चुनावमा मधेसको सम्पुर्ण जिल्लाहरुमा हाम्रो पार्टीको सरकार रहने दाबी गरे। तपाईं हामी सबै काङ्ग्रेस ,कम्युनिस्टको भुल भुलैयामा परेर पछी परेको महतोले बताए। किसानहरुको समस्याको बारेमा चर्चा गरेका थिए। कार्यक्रमको अध्यक्षता युवा नेता शितल साह को अध्यक्षतामा भएको थियो ।भन्ने अतिथिहरुमा नेपाल पत्रकार महासंघ सिरहाको सभापति दिनेश्वर प्रसाद गुप्ता, पार्टीका क्षेत्रीय उपाध्यक्ष राम उदगार महतो, नेतृ ललिता ठाँकुर ,नेपाल पोस्ट दैनिक तथा प्रेस मंच नेपालका सिरहा अध्यक्ष महेश सिंह ,फुलवारी संन्देश अन्लाईनको पत्रकार सम्भु चौधरी,पत्रकार अनुभक्त चौधरी,युवा नेता राम बलि यादव , दिपक महतो ,ओम प्रकाश महतो,राम बहादुर यादव, लगन पासमान,लगायत ब्यक्तीहरुले आउदै गरेको दशै दिपावली तथा छठ पर्वको सुभकाना एक आपसमा अदान प्रदान गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्