श्रीमतीले श्रीमानका चारवटा औंला काटेर पोलेर खाइन ,औंला काटनुको रहस्य यस्तो



 

सैघाली खबर,
दाङ १३ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नं। १ भमकेमा एउटा अनौंठो घटना घटेको छ । यहि ठाउँ बस्ने एकजना ६४ बर्षीया महिलालले आफ्नै पतिका चारवटा औंला काटेर पोलेर खाएको प्रहरीले जानकारी दिएको छ । भमके निवासी ६४ बर्षीया रिसमी महतराले आफ्नै ६४ बर्षीय पति चन्द्रबहादुर महताराको बुधवार साँझ चारवटा औंला काटेर पोलेर खाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रकाश सापकोटाले जानकारी दिनु भयो।

बुधवार साँझ मदिराले मातेर आएका चन्द्रबहादुरलाई समातेर गरासीले चारवटा औंला काटेर पोलेर खाएको रिसमीले प्रहरी समक्ष बयान दिएकी छन् ।

‘दायाँ हातको बुढी औंला बाहेक अन्य सबै औंला गराँसीले काटेर पोलेर खाएकी हुँ ।’ रिसमीले भनिन।

घाईते चन्द्रबहादुरलाई भने राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारका लागि विहीवार विहानै बाँकेको कोहलपुर रेफर गरिएको छ । बुधवार बेलुका साढे ६ बजेतिर भमके स्थित घरमै रिसमीले पति चन्द्रबहादुरका चारवटा औंला काटेर पोलेर खाएको भएपनि घटना विहीवार विहान मात्रै प्रहरीलाई जानकारी दिइएको ईप्रका प्रमुख सापकोटाले बताउनु भयो।

विहीवार विहान ६ बजे मात्रै चन्द्रबहादुरलाई उपचारकालागि तुलसीपुरको अञ्चल अस्पतालमा ल्याएपछि घटना सार्वजनिक भएको हो । रिसमी चन्द्रबहादुरको पहिलो पत्नी हुन । तर चन्द्रबहादुरले उनी भन्दा पछि थप ६ वटा श्रीमती विहे गरेका थिए । हाल भने चन्द्रबहादुर संग रिसमी मात्रै बस्दै आएकी थिइन ।

छोरा छुट्टीएर अलगै बस्दै आएका थिए भने छोरीहरु सबैको विहे भइसकेको थियो । त्यसैले चन्द्रबहादुर र उनकी पत्नी रिसमी मात्रै एक्लै बस्दै आएका थिए । तर चन्द्रबहादुरले बुढेसकालमा पनि संधै मदिरा सवेन गरि यातना दिने गरेको र वारम्वारको यातना सहन गर्न नसकी आवेगमा आएर आफुले पतिको औंला काटेर पोलेर खाएको भन्ने वयान रिसमीले प्रही समक्ष दिएकी छन्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्