घर पलास्तर गर्ने क्रममा करेन्ट लागेर मृत्यु



कैलाली २५ असोज । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भयको छ । जिल्लाको घोडाघोडी नगरपालिकामा करेन्ट लागेर वडा नम्बर १ का ३५ बर्षिय जनक लोहारको मृत्यु भएको हो ।

घर पलास्तर गर्ने क्रममा नाङ्गो तार लागेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडका डिएसपी सागर बोहराले जानकारी दिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको घटनास्थलमा पुगेको प्रहरीको भनाई रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्