LAS VEGAS, NV - FEBRUARY 23: Republican presidential candidate Donald Trump speaks at a caucus night watch party at the Treasure Island Hotel & Casino on February 23, 2016 in Las Vegas, Nevada. The New York businessman won his third state victory in a row in the "first in the West" caucuses. (Photo by Ethan Miller/Getty Images)

अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पको प्रस्तावमा कतारसँगको सम्बन्ध बिच्छेद ।।

By थाहा अनलाइन

June 07, 2017

जेठ,२४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावमा खाडी मुलुकहरुले कतारसँगको सम्बन्ध बिच्छेद गरेको खुलासा भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो आग्रहका कारण गरेको प्रष्ट पार्नु भएको छ । साउदी अरबको भ्रमणका क्रममा रहेका राष्ट्रपति ट्रम्पले कतार अतिवादी विचार धारातर्फ उन्मुख रहेको उकतारसँग कुनै कूटनीतिक सम्बन्ध नराख्न आफूले आग्रह गरेपछि सम्बन्ध बिच्छेद गरिएको दावी गर्नुभयो । कतारविरुद्ध खाडी मुलुक एक हुन प्रेरित गरेकैले उनीहरुले सम्बन्ध तोडेको उहाँको भनाई छ । सम्बन्ध तोड्ने मुलुकहरुमा साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स र यमन छन् । कतारले इजिप्टको मुश्लिम ब्रदरहुडलगायत आतंककारी समूहलाई समर्थन गरेको यी मुलुकको आरोप छ । यसैबीच ट्रम्पले मध्यपूर्वको अस्थीरताको जिम्मेवारी इरानले लिनुपर्ने पनि बताउनु भएको छ ।