सम्पूर्ण श्रमिकहरुको व्यवस्थापन छिट्टै हुन्छ : श्रममन्त्री यादव (भिडियो)



सीता रेग्मी,काठमाडौं /२६ असोज
कोरोना महामारीका कारण लाखौँ मजदुर बेरोजगार बनेका छन्। स्वदेश तथा बिदेशका लाखौ मजदुर अलपत्र परेका छन्। विभिन्न सस्था तथा समाजसेवीहरुले भोका पेटहरु भरिरहेका छन् तर सरकार मौन छ।

बैदेशीक रोजगार ठप्प छ। होटल तथा पर्यटन क्षेत्र बन्द छ। शैक्षिक सस्था तथा कन्चल्टेन्सी बन्द छन् रोगले मर्ने अवस्था भएर नेपाल फर्केका मजदुर भोकले फेरी विदेश जादै छन्।

बिगत ८ महिना देखि म्यानपावर तथा होटलहरु बन्द बन्द छन्। सरकारले श्रम स्वीकृति खोल्न अनुमति दिएको छ तर पनि धेरै जसो म्यानपावरहरु ताला लागेको अवस्थामा भेटिन्छन।

करोडौं अरबौं खर्च गरेर र राज्यमा धरौटी तिरेर खोलिएको म्यानपावरहरु अहिले घर भाडा तिर्न र र कर्मचारीलाई तलब खुवाउन सकेका छैनन्। बिगत ८ महिनादेखिको घरभाडा तिर्न नसकेर कतिपय रोजगारदाता कम्पनिहरुमा घरबेटीले ताला लगाइदिएका छन्।

यसै बिषयसँग सम्बन्धित रहेर श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रि रामेश्वर राय यादवसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्