कसले सुनिदिन्छ म्यानपावर व्यवसायीको पिडा : अध्यक्ष नरेन्द्र ढकाल (भिडियो)



सीता रेग्मी,काठमाडौं /२६ असोज।
बिगत ८ महिना देखि म्यानपावर तथा होटलहरु बन्द बन्द छन्। सरकारले श्रम स्वीकृति खोल्न अनुमति दिएको छ तर पनि धेरै जसो म्यानपावरहरु ताला लागेको अवस्थामा भेटिन्छन।

करोडौं अरबौं खर्च गरेर र राज्यमा धरौटी तिरेर खोलिएको म्यानपावरहरु अहिले घर भाडा तिर्न र र कर्मचारीलाई तलब खुवाउन सकेका छैनन्। बिगत ८ महिनादेखिको घरभाडा तिर्न नसकेर कतिपय रोजगारदाता कम्पनिहरुमा घरबेटीले ताला लगाइदिएका छन्।

लोकतान्त्रिक बैदेशिक रोजगार एसोसिएसनका अध्यक्ष नरेन्द्र ढकाल सरकारलाई जति गुहारे पनि केहि नगरेको बताउँछन्। देशको अर्थतन्त्र धान्ने बैदेशिक रोजगार ठप्प हुँदा म्यानपावर व्यवसायी देखि सम्पूर्ण मजदुर अलपत्र जस्तै भएको उनको भनाइ छ।

यस्तै वैदेशिक रोजगारसँग सम्बन्धित रहेर ढकालसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्